स्वास्थ्यसमाचार/ नेपालमा कोभिशिल्डको पहिलो मात्रा लगाएका करीब १४ लाख ज्येष्ठ नागरिकहरु दोस्रो मात्रा खोपका लागि कुरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ लाख ६७ हजार ६५० जनालाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन पर्नेछ । उनीहरुलाई जापान सरकारले अनुदानमा दिने भनेको एष्ट्रेजेनेकाको १६ लाख डोज नेपाल आएपछि लगाउने तयारी स्वास्थ्य मत्रालयले गरेको छ ।स्रोतका अनुसार ज्येष्ठ नागरिकका लागि कोभिशिल्ड वा उही निर्माण प्रक्रियाबाट विकास गरिएको एष्ट्रेजेनेकाको खोप उपलव्ध गराउन कोभ्याक्सलाई समेत अनुरोध गरिएको छ तर कोभ्याक्सले यसबारे टुंगो नलगाएकाले अब जापानबाट आउने खोपलाई कुरेर बसेको हो । यद्यपी जापानले १६ लाख डोज…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य सचिवमा डा रोशन पोखरेल नियुक्त
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएका ३ जना मध्ये डा पोखरेल सचिवमा नियुक्त भएका हुन्। ३ वर्षको लामो अवधिपछि स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरिएको हो । यसअघि प्राविधिकतर्फबाट स्वास्थ्य सचिव भएकी डा पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको जागीर खान गएसँगै स्वास्थ्य मन्त्रालयबाट सो दरवन्दी नै गाएव भएको थियो ।…
नेपालमा पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु
स्वास्थ्यसमाचार /नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन शुरु गरिएको बताउनुभयो । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए। कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन…
रूपन्देही जिल्लालाई कुष्ठरोगी, मुक्त बनाउने प्रयास अझै सफल भएन
स्वास्थ्यसमाचार / रूपन्देहीमा हाल १ सय ४८ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन्। नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चलेपनि रूपन्देहीमा अझैपनि बिरामीहरू देखिईरहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यालयका कुष्ठरोग फोकल पर्सन टिकाराम अधिकारीले जिल्लामा कुष्ठरोगीहरूको संख्या घटाउन पहल भइरहेको बताए। कुष्ठरोगमुक्त जिल्ला घोषणा गर्नको लागि प्रतिदशहजार १ भन्दा कम ब्यक्तिमा रोग हुनुपर्ने भएपनि जिल्लामा १/३७ प्रतिदशहजार रहेकोले मुक्त भइनसकेको बताए। द ल्प्रोसी मिसन नेपाल, युकेएड र स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजना एवं पत्रकार महासंघ रूपन्देहीको समन्वयमा पत्रकारहरू लक्षित कुष्ठरोग अभिभुखिकरण कार्यक्रममा बोल्दै उनले सबैभन्दा धेरै…
लुम्बिनी ,भिम ,आम्दा र युसिएमएसमा साउन ४देखी ७ सम्म कोरोनाकोे खोप संञ्चालन हुने
स्वास्थ्यसमाचार /नेपाल सरकारले अत्याबश्यक सेवाको प्राथामिकतामा परेका लक्षित समुहलाई समन्धित कार्यलयको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट सुचि तथा परिचय पत्रका आधारमा रुपन्देहीका चार अस्पतालमा कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने भएको छ । साउन ४ गते देखी ७ गते सम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, भिम अस्पताल भैरहवा, आम्दा अस्पताल बुटबल र युसिएमएस भैरहवामा खोपकेन्द्र तोकेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ४ गतेदेखी ७ गते सम्म खोप संञ्चालन हुने र उक्त खोप टोकन प्राणलीका आधारमा लगाईने बताए । …
कोभिड-१९ को तेस्रो लहरको पूर्व तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड(१९ विरुद्धको पूर्व तयारी अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उच्च अधिकारीलगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले सम्भावित तेस्रो लहरको तयारी अगाडि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका स्वास्थ्यका उच्च अधिकारी तथा विज्ञहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले कोभिड(१९ को तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयुको प्रबन्ध गर्न निर्देशन दिएका छन् । यस्तै, देउवाले कोभिड(१९ विरुद्धको खोप खरिदलाई पनि चुस्त रुपमा अगाडि…
धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोकमा बर्थिङ सेन्टर संञ्चालन
वासुदेव पोखरेल स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बर्थिङ सेन्टरको उद्घाटन गरे । जैसिथोकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि सदरमुकाम तम्घास वा धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन । आर्थिक बर्ष ०७७/ ७८ मा उक्त स्वास्थ्य चौकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथोकका वडा सदस्य गनेपाल थापाले ,जानकारी दिए । स्वास्थ्य चौकिमा अनमि तारा…
रुपन्देहीमा साउन १ र २ गते ४५ हजारले कोरोना बिरुद्धको खोप लगाए
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा साउन १र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप ४५ हजारले लगाएका छन ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिका र २ अस्पताल गरि ४५ हजारले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू, विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका…
पूर्व मुख्य सचिव पौडेलद्धारा गुल्मी जिल्लाअस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
सन्तोष महतारा स्वास्थ्यसमाचार / नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल बराबरका ४ सय बोत्तल स्यानिटाइजर र एक थान कन्सनटेटर गुल्मी अस्पताल, जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी समेतका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको पूर्व मुख्य सचिव लिलामणी पौडेलले जानकारी…
लोकसेवाद्धारा स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा तालिका सार्वजनिक
स्वास्थ्यसमाचार/ लोकसेवा आयोगले स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा तालिका सार्वजनिक गरेको छ।स्वास्थ्य सेवा, एघारौँ र नवौं तहका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने जनाएको छ । त्यस्तै स्वास्थ्य सेवा, आठौं तह र स्वास्थ्य सेवा, सातौँ तहका लागि कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएको छ।

