स्वास्थ्यसमाचार /प्रादेशीक जनस्वास्थ्य प्रयोशाला भैरहवामा कोरोना परीक्षण गर्नका लागि एक हजार ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आएको छ । किटको अभाव भएपछि प्रदेश प्रयोगशालामा बैशाख २३ देखि कोरोनाको पिसिआर परीक्षण रोकिएको थियो । सकिएको १ सातापछि एक हजार किट आएको छ । आइतबार देखि परीक्षण सुचारु हुन्छ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरी भने ।किट आए संगै पिसिआर परीक्षणको लागि १ सय ९१ जनाको स्वाव संकलन गरिएको छ । रुपन्देहीका ६ पालिकाका क्वारेन्टीनमा रहेकाहरुको शनिबार स्वाव संकलन गरिएको छ । सम्मरीमाईबाट ३१, मर्चवारीबाट ४०, लुम्विनी सास्कृतिकबाट ६२ , कोटहीमाईबाट २६,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
परिक्षणको दायरा बृद्दि गर्नुको अर्को बिकल्प छैन
सरकारले लकडाउन खुकुलो बनाए संगै बिभिन्न उद्धोग तथा कलकारखानाहरु संचालनमा आउने छन , दैनिक आवश्सक बस्तु हरु ढुवानीमा बृद्दी हुनेछ। निर्माणका सामाग्रीहरु बिना पास ढुवानी गर्न पाउने ब्यबस्था गरे पश्चात माल वाहक सवारी साधनमा उल्लेखनिय रुपमा बृद्दी हुने नै भयो। तर बिभिन्न उद्धोग तथा कलकारखाना हरुमा काम गर्ने मजदुरहरुको आवतजावतमा पुग्ने असर र त्यसको समाधानको बारेमा यथष्ठ कुनै किसिमको प्रावधान भएको पाइएको छैन। हाल लकडाउन अवधिमा पनि सहर बजार सुन्य छैन ,औषधी पसलहरु खुल्ने नै भए, तरकारी पसल , फलफुल पसल ,किराना पसल, एग्रोभेट, बैक तथा बित्तिय संस्थाहरु खुला नै…
बुटवल उपमहानगरमा कोरोनासंगै डेंगू विरुद्धको अभियान सुरु
स्वास्थ्यसमाचार /बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीसंगै अब डेंगू रोगका विरुद्ध पनि अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरुलाई डेंगू रोगको महामारीका विरुद्ध सावधानी र पूर्वतयारीमा केन्द्रित हुन निर्देशन दिएको छ । कोराना महामारीसंगै डेंगूको महामारीको जोखिम समेत बढेको भन्दै समुदाय स्तरमा सुरक्षित तरिकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । महामारीका बेलामा टोलटोलमा गरिएका राहत वितरण र सचेतनाका अभियानमा खटिएकाहरुलाई नै अब डेंगू रोगका बारेमा पनि सचेत गराउन लगाउने छ । उपमहानगरले स्थानीय विपद् व्यवस्थापन समिति र त्यसमातहका समुदाय स्तरका संयन्त्रलाई महामारीबाट…
तिलोत्तमाले बनायो १० बेडको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर
स्वास्थ्यसमाचार /मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले वताए । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज केशव भट्टराईले वताए…
चोरबाटोबाट नेपाल फर्केका थिए कपिलबस्तुका ५ संक्रमित
स्वास्थ्यसमाचार/ प्रदेश ५मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार वाके २४ रुपन्देही १ र कपिलबस्तुमा ५ गरि कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको छ । स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीका अनुसार आज कपिलबस्तुमा थप ३ जनामा संक्रमित भेटीएको बताए ।मायादेवी गाउँपालिकाको छत्रपाली तिर्थादेवी उच्च मा.वि. पकडी स्थित क्वारेण्टाइनमा रहेका ६५ जनाको स्वाव परिक्षणकालागि पठाइएकोमा सबैको रिपोर्ट आउदा ५ जना कोरोना संक्रमित भेटीएको बताए । मायादेवी गाउँपालिका वडा नं. २ का २ जना १६ र २२ बर्षे युवाहरुमा २५ गते विहिवार पोजिटिभ देखिएको थियो…
कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रभाबकारी बन्दै
विराटनगर, वैसाख २६/कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो ९गिलाइ० संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो । आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि प्रयोग गरिएको छ । सुरुमा हामीले उहाँहरुको खानपान र स्याहरसँगै आवश्यक पर्दा न्यूनतम एलोपैथ औषधि चलाएका थियौं, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डासंगिता मिश्राले भन्नुभयो–पछिल्लो केहि दिनदेखि तीन प्रकारको आयुवेर्दि औषधि समय मिलाएर सेवन गराईरहेका छौं । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता…
लायन्स क्लव सनसाईनद्धारा लुम्बिनीअस्पताललाई स्वास्थ्य सामाग्री
स्वास्थ्यसमाचार/ लायन्स क्लव अफ बुटबल सनसाईन सहित पाचबटा लायन्स कल्वले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन। क्लवले आज लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तण गरेका छन । लायन्स क्लव अफ बुटबल सनसाईनका कार्यक्रम कोडिनेटर लक्ष्मी ज्ञाबली खनालको नेतृत्वमा आएको टोलीले अस्पताललाई ३ हजार पिस ग्लवस एन ९५ मास्क ३० पिस सेनेटाईजर १५ लिटर र १सय पिस र्सजीकल माक्स हस्तान्तण गरेका हुन । सामाग्री हस्तान्तण कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले कोरोनामहामारीको बेला सबैको सहयोग आबश्य रहेको वताए । आफनो ज्यान जोखीम…
सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सांसद पाण्डेयद्धारा ४० थान पीपीई
स्वास्थ्यसमाचार /रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले सुरक्षाकर्मीलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेका छन् । कोरोना भाइरस विरुद्ध अग्रपंक्ति (फ्रन्टलाइन)मा रहेर काम गरिरहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई सांसद पाण्डेयले ४० थान पीपीई उपलब्ध गराएका हुन् । उनले सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गणका हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेललाई २० थान र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेम कुमार थापालाई २० थान पीपीई हस्तान्तरण गरेका हुन् । पीपीई हस्तान्तरण गर्दै प्रदेशसभा सांसद पाण्डेयले सुरक्षा निकायको…
स्वास्थ्य सेवामा खटिएकासबै लाई जोखिम भत्ता :स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जोखिमका बेला खटिएका कुनैपनि स्वाथ्यकर्मीलाई विभेद नगरिने वताए ।मन्त्रालयमा ज्ञापन पत्र बुझाउन गएको स्वास्थ्यकर्मीको टोलीलाई सम्बोधन गर्दै मन्त्री ढकालले विपदमा खटिने सबै स्वाथ्यकर्मीको सरकारले उचित मूल्यांकन गर्ने वताए । ’विपदमा फिल्डमा खटिने तपाईहरु सबैको उचित मूलांकन हुन्छ ढुक्क भएर काम गर्नुहोस मन्त्री ढकालले भने । सरकारले जारी गरेको जोखिम भत्ता निर्देशिकामा आफूहरुलाई विभेद भएको भन्दै स्वास्थ्यकर्मीहरु ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका थिए । यसअघि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा विभाग पुगी महानिर्देशक समक्ष पनि ज्ञापन पत्र बुझाएको थियो । विभागका महेन्द्रप्रसाद श्रेष्ठले पनि जोखिमका…
नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ ,नेपालमा १०२ पुग्यो
स्वास्थ्यसमाचार/नेपालगञ्जमा थप एक जनालाई कोरोना भाइरस रोगको संक्रमण देखिएको छ । १६ वर्षका पुरुषलाई संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले जनाएको छ । नेपालगञ्जमा मात्रै २४ जनामा कोरोना संक्रमण देखिएको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । शुक्रबार विराटनगरबाट ६ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट घर गएका छन् । यो सँगै निको भएर घर जानेको संख्या ३० पुगेको छ ।