एच आइ भी संक्रमितद्धारा खोपलगाउन माग गर्दे मन्त्रालयमा बुझाए ज्ञापनपत्र

स्वास्थ्यसमाचार /रुपन्देही एच आइ भी एड्स संक्रमितलाई कोरोना बिरुद्धको खोपलगाउन माग गर्दे लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय जिल्ला स्वास्थ्य कार्यलय रुपन्देही र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन ।

जिल्ला १५ सय संक्रमित रहेकोमा ५ सय जनाले खोप लगाई सकेको र वाकीलाई खोप लगाउन माग गर्दे ज्ञापनपत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझदै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सचिब डा बिकास देवकोटाले उनीहरुलाई तत्काल खोप लगाउने ब्यबस्था मिलाउने बताए ।सचिब डा देबकोटाले जिल्लामा रहेका संक्रमितलाई पाएक पर्ने ठाउमा गएर खोप लगाउने ब्यबस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीलाई निर्देशन गरिएको बताए ।

त्यस्तै जिल्ला प्रशासन कार्यलय रुपन्देही प्रमुख ऋषिराम तिवारी र स्वास्थ्य कार्यालय रुपन्देही का प्रमुख डा. राजेन्द्र कुमार गिरिलाई समेत ज्ञापन पत्र बुझाएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालका कार्यक्रम संयोजक धर्म राज भट्टराईले बताए ।भट्टराईले भने मुख्यमन्त्रीको निर्देशनमा मन्त्रालय प्रशासन र स्वास्थ्य कार्यलयमा ज्ञापन पत्र बुझाएको र जिल्ला तत्काल खोपलगाउने ब्यबस्था मिलाई दिने ब्यबस्था भएको भट्टराईले बताए ।

यस्तै एएचएफ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालका कार्यक्रम संयोजक धर्म राज भट्टराईले भने कोरोना खोप उत्पादन कम्पनीको दादागिरी बिरुद्ध सम्पूर्ण विश्वलाई खोप लगाउन का लागि कोभिड– १९ खोपको प्याटेन्ट (अधिकारपत्र) हटाउन, बिकाशशिल मुलुकहरुमा प्रबिधि को हस्तान्तरण गर्न र असमान स्वास्थ्य नीति लाइ परिमार्जित गर्नु पर्ने भएको हुदा एड्स हेल्थ केयर फाउन्डेसन् (AIDS Healthcare foundation) विश्वब्यापी जनस्वास्थ्य अभिसन्धि हुनु पर्ने कुरा उठाउदै आएको पनि संयोजक भट्टराइले बताए ।

ज्ञापनपत्र बुझाउन एच आइ भी एड्स महासंघ का अर्जुन ज्ञवाली ,लुम्बिनी प्रादेशिक अस्पतालका एच आइ भी बिभाग प्रमुख अच्युत राज भट्टराई नमुना, आशा ज्योति सहयोग समूह, आस्था समूह, साकार समूह, एमएसएमजी लगायत का संस्था हरुको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :