कपिलवस्तुमा झाडापखालाका बिरामी ४सय ६१ पुगे , नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली पखालाग्रस्त क्षेत्रमा

विपना पौडेल
कपिलबस्तु / असोज १८ गतेदेखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलीएको झाडापखालाका बिरामी ४ सय ६१ पुगेका छन । कृष्णनगर नगरपालिका वडा नं ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वातै बढेको छ ।

चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले वताए । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने मेयर शाहले बताए । शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले अहिले सम्म ४६१ जना झाडापखालाका बिरामी भर्ना भएको वताए।

शिवराजअस्पताल र नगरपालिकाबाट आफुहरुले सहयोगका लागी छिमेकि पालिकाबाट पनि सहयोग मागेको बताएका छन।अस्पतालले सबै बिरामीको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।

शिवराज अस्पतालका इमेरजन्सी इन्र्चाज रवि उपाध्यका अनुसार स्थानीयहरूले आफुहरु एक्कासि बिरामी परेको र कारण केहि नदेखीएको बताएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चिकित्सकसहितको टोली कपिलवस्तुमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चिकित्सकसहितको टोली कपिलवस्तु पुगेको छ ।नेपाली सेना, नेपाल पुलिस तथा शशस्त्र प्रहरी बलका प्रतिनिधिहरू, स्थानीयतहबाट प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाहरूको सहयोग तथा समन्वयमा थप आबश्यक औषधी तथा जनशक्ति समेत परिचालन गरि झाडापखालाको स्थितिलाई नियन्त्रण तथा व्यवस्थापन गर्ने तर्फ लागिरहेको जनाएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारसम्ममा ३७० जना बिरामी भर्ना गरि उपचार गरिएको जसमध्य २२८ जना अस्पताल तथा स्वास्थ्य संस्थाबाट डिस्चार्ज भैसकेको, ११० जना उपचाररत रहेको र ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ।

५ जना बिरामीहरूको दिशाको नमुना संकलन गरी प्रयोगशाला परिक्षण भैरहेको र नतिजा आउन बाँकि रहेको मन्त्रालयले जनाएको छ ।झाडा पखलाबाट कपिलबस्तुमा २ जनाको मृत्यु भैरहेको छ ।

सम्बन्धित शिर्षक :