अस्पतालको माया र कोरोनाको कहालीलाग्दो अवस्था सम्झेर भाव बिभोर हुँदै बिदा भए :डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले २१ महिना सम्म अस्पतालमा रहदा आफुले गरेका काम र अब गर्नुपर्ने कामको बारेमा जानकारी गराएका छन । अस्पतालमा आज संञ्चारकर्मि चिकित्सक नर्स तथा अस्पतालका कर्मचारी सहभागी कार्यक्रममा वोल्दै डा खनालले २१ महिना सम्म अस्पतालका सबैबाट आफुलाई सहयोग रहेको बताए । खनालले आफु मेडिकल सुपरिटेण्डेन्ट वाट बिदा भएपनि अस्पताल प्रति आफनो सहयोग निरन्तरता रहने बताए ।

लुम्बिनि प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदको जिम्मेवारी बहन गर्दाको कार्य सम्पादन

प्रदेश सरकारको प्रदेश नं. ५ को तत्कालिन मन्त्रि परिषद् मिति २०७६ मंसिर २ को निर्णय अनुसार मलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको महत्वपूर्ण जिम्मेवारी तोकिएको थियो ।

करिव साडे एक्काइस (झन्डै दुई बर्ष) महिना जतिको कार्यकाल पश्चात प्रदेश सरकार (मन्त्री परिषद्) को मिति २०७८।०६।१४ को निर्णयअनुसार अस्पताल प्रमुखको जिम्मेवारी परिवर्तन गरिएकोले म यो भुमिकावाट विदा भएको छु । तत्कालि लुम्बिनी अंचल अस्पतालको रेडियोलोजि विभागमा प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट (एघारौं तह) को पदमा कार्यरत मेरो समायोजनको क्रममा संघ अन्तर्गत राज्यलाई आवश्यकताको आधारमा कान्ति बाल अस्पतालको सोही पदमा पदस्थापना गरिएको थियो ।

म यस क्षेत्रकै स्थायी बासिन्दा, सरकारी कामकाजको शिलसिलामा देशका अति दुर्गम हिमाली क्षेत्रको हुम्ला, त्यसपछिको सरुवामा पहाडि गुल्मी र रेडियोलोजि विषयमा एम.डि लिएपश्चात पूर्वको तराइ क्षेत्र विराटनगर हुदै यो अस्पतालमा कन्सल्टेन्ट रेडियोलोजिष्ट भएर आएको पनि करि नौ बर्ष पुरा भएको थियो ।मैले आफ्नो समायोजनलाई स्वभाविक रुपमा लिइ आफु प्राज्ञिक क्षेत्रमै अघि बढ्नु राम्रो हुने देखि काठमाण्डौ तर्फ जाने तयारीमै रहेको वेला विशुद्ध प्राविधीक क्षेत्रमा काम गर्न रुचाउने मलाई यस क्षेत्रको महत्वपूर्ण ठाउमा रहेको अस्पताललाइ प्रदेशकै एउटा गौरवको रुपमा अगाडी बढाउन उत्प्रेरणा दिइ यसमा सबै खाले राजनैतिक प्रतिवद्धताको सहयोग हुने प्रतिवद्धताका साथ प्रसासनिक जिम्मेवारी सुम्पिएको थियो ।

संरचना तर्फको विस्तारको पहिलो श्रेय महिले लिन पाउदाँ गर्भ लाग्दछ । त्यति खेर नै सहरि विकास तथा भवन निर्माण विभाग वाट छुटै प्रसुती विभाग निर्माण गरिदिने प्रस्ताव आएकोमा यहि भवनको ठिक पछाडि उक्त भवन निर्माण हुने जग्गा छनोट गरि कार्य अगाडि बढेको थियो । उक्त भवनमा अव मातृशिशु सम्बन्धी सम्पूर्ण उपचार सेवा हुने गरी प्रसुती तथा स्त्री रोग उपचार तर्फ ९५ बेडको व्यवस्था र बाल रोग उपचार तर्फ ७० वेड गरि कुल जम्मा १६५ बेड सहित तत् तत् विभागका ओ.पि.डि, इमर्जेन्सी, डेलिभरी कक्ष, खोप,परिवार नियोजन समेटेर मातृशिशि क्लिनिक, नवजात शिशु सधन कक्ष (NICU) बच्चाहरुको लागी सधन कक्ष (PICU) सहितको व्यवस्था भएर हस्तान्तरण हुने क्रममा छ ।

पहिलो पटकको अस्पतालको कार्य कालमै धेरै अघि देखि परिकल्पना गरिएको डाइनोष्टिक भवनको लागी क्रमाङ्गत बजेटमा राख्ने गरी मन्त्रालयवाट विनियोजित बजेट मेरो सो अवधिपछि विभिन्न कारणवस कार्य सुरुहुन नसकोकोले फ्रिज भएको थियो । तत्कालिन अंचल अस्पताललाई प्रदेश अन्तर्गत राखिएकोमा डा.कृष्ण प्रसाद खनाल प्र.मे.सु भएको कार्यकालमा सोही अवधारण अनुरुप सामाजिक विकास मन्त्रालयवाट आवश्यक बजेट विनियोजन गराइ सुरु भएको निर्माण कार्य सम्पन्न भई मेरै कार्यकालमा भुई तलामा अत्याधुनीक प्रयोगशाला संचालनमा आएको छ ।

यसै भवनको दोस्रो तलमा अहिलेको कोभिड संकटमा समेत प्रयोग गर्न मिल्ने गरी ३५ वेडको I.C.U (कोभिडमा आवश्यक पर्ने १० बेड P.I.C.U समेत) र ६० बेडको H.D.U ( मेडिकल वार्डको लागी मोनिटर सहितका वेड हुने गरि) यहि कार्तिक १ देखि संचालनमा आउने गरि कार्य अगाडि बढेको थियो यसका लागी अक्सिजन प्लान्ट जडान गरिसकेको छ । आवश्यक पर्ने नर्सिङ स्टाफको लागी विज्ञापन गरि लिखित परिक्षा लिइ सकिएको छ ।

भाईरस संक्रमणको बढ्दो प्रभावका कारण उपचार व्यवस्थापन कार्य अस्पतालको मौजुदा संरचनामा सम्भव थिएन तसर्थ उक्त चुनौती पूर्ण कार्यको व्यवस्थापनको लागी बुटवल १० धागो कारखानाको व्लकमा ३६ बेडको एच.डि.यु र १६ वेडको आइ.सि.यु निर्माण गरि संचालन, सो को लागी जनसक्ती व्यवस्थापन लगायतका कार्यहरु त्यस्तै कोरोना भाइरसको संक्रमणको कारण अन्य सेवा सुचारु गर्न अस्थायी ओ.पि.डि निर्माण अस्पताल भित्रै पि.सि.आर प्रयोगशाला संचालन, संक्रमितको ओ.टि कक्ष निर्माण तथा डाइलासिस गर्नुपर्ने संक्रमित हरुको लागी डाईलासिस कक्षहरुको निर्माण लगायतका कार्यहरुको कुशलता पूर्वक व्यवस्थापन गरियो ।

संक्रमितको उपचार तथा व्यवस्थापनमा २४ घण्टा खट्ने क्रममा शारिरिक तथा मानसिक थकानका वावजुत काम गरिरहंदा कतै वाट भएको दुर्घटनावस संक्रमणले ज्वरो आउदा २०७७ अशोज ८ गते मलाइ कोभिड पुष्टी भएको थियो जसको कारण शरिरमा भएको अक्सिजनको अभावले आफैले वनाएको आइ.सि.यु सम्म पुगी संक्रमणलाइ जितेर निरन्तर सेवामा खटियो ।

संक्रमणको पहिलो लहरको केही सामान्यीकरण संगै अस्पतालको मौजुदा संरचना तथा सेवा प्रवाहलाइ गतिशिल बनाउदै सेवाहरुको निरन्तर हुने क्रम विस्तारै अगाडि बढ्यो, सो क्रममा न्युरो तथा युरो को अप्रेशन सेवा, पोष्ट अपरेटिभ वार्डको स्थापना यसरिनै अव भविष्यमा हालका स्थायी संरचनामा व्यवस्थापन गर्न सकिने ५०० बेडका अतिरिक्त मास्टर प्लानिङ पछि डि.पि.आर को कार्य सम्पन्न भएको १० तले भवनमा हुने ७०० बेड गरि जम्मा १२०० बेडलाइ चाहिने जनसक्तीको लागी आवश्यक O And M सर्भे गराइ सम्बन्धित मन्त्रालयमा पठाएको छु आसा छ कार्य अगाडि बढ्ला ।

यसमा सायद म वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट (दशौ तह) मा कार्यरत छँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको २०७२ जेष्को निर्णय अनुसार अस्पता प्रमुख भई करिव १० महिनाको जिम्वेवारीमा रहंदा १०० वेडमा चालु अस्पतालमा ६४ बेड प्रसुती कक्षको माथी, इमर्जेन्सीको माथी NICU र विभिन्न सेवा र संरचनामा थप विस्तार गरि सेवा ग्राहिले फरक महशुस हुने गरी अस्पताललाइ परिवर्तन उन्मुख गराएको पृष्ठ भुमि र अस्पता भविष्यमा कस्तो हुनु पर्दछ भन्ने विषयमा मैले प्रस्तुत गरेको स्पष्ट कार्ययोजनाको प्रभाव थियो जस्तो लाग्छ ।

स्मरण रहेस् २०७२ सालमा मैले अस्पताल प्रमुखको कार्यभार लिदाँ बुठवल क्षेत्रमा पहिलो नै भन्नु पर्दछ , हाम्रो अस्पतालमा ६ बेडको आइ.सि.यु सुभारम्भ भएको थियो यो सरकारी अस्पताल २०५० सालमा १०० वेडको स्तरमा दरबन्दी कायम गर्दै चालु भएकोमा २०६० सालमा अस्पताल विकास समितको तर्फवाट स्रोत व्यवस्थापन गरि १०० बेड थप गर्ने स्वीकृती पाएतापनी इमर्जेन्सी वेड समेत जोड्दा १२ बर्षमा ५५ वेड मात्र थपिएको अवस्था थियो, जवकि विकास समिति तर्फ स्वीकृत १०० वेडका लागी कर्मचारी भर्ना मै कार्यरत रही आएका थिए ।

२०२४ सालमा निर्माण सम्पन्न भएको करिव ५० वर्ष पुरानो भवन र २०६७ सालमा सम्माननिय राष्ट्रपति डा.रामवरण यादव ज्यु वाट उदघाटन गरिएको यो अस्पतालको इतिहास १०० बर्ष पुगेको अवसरका १ तलाको नयाँ अप्रेशन कक्ष भवनको भरमा अधिकाम्स सेवाहरु चलेको थियो । अस्पतालमा सेवाग्रहीको चाँपलाइ व्यवस्थीत गराउनु, थप सेवा विस्तार गर्नु, नयाँ संरचना वनाइ बेडहरु थप गराउनु समयको माग ठानी नव निर्मीत अप्रेशन कक्षको माथी दुइतला थप गरि भवनको दक्षिण तर्फ भवनको विस्तार गर्ने गरि स्वास्थ्य मन्त्रालयवाट बजेट विनियोजन गराइ नयाँ संरचना तर्फको कार्य अगाडी बढाएको थिएँ यो भवनमा माथिल्लो तलामा ४५ बेडको क्याविन निर्माणको काम डा.कृष्ण प्रसाद खनाल पूर्व (मे.सु) को कार्यकालमा सुरु भई हाल निर्माण सम्पन्न भई अहिलेको मेरो कार्यकालमा संचालमा आएको छ ।

सम्बन्धित शिर्षक :