कपिलबस्तुको कृष्णनगरमा झाडापखला २ सय बिरामी २ को मृत्यु

स्वास्थ्यसमाचार /कपिलवस्तुको कृष्णनगरमा गए राति देखि झाडापखलाको संक्रमण फैलिएर २ सय भन्दा बढि बिरामी परेका छन । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामीहरु बढेको छन ।

कृष्णनगर भारतसँग नजिककै पर्छ जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ ।

स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने, ‘२ जनाको मृत्यु भएको छ । पिउने पानी प्रदुशित हुँदा प्रकोप फैलिएको जानकारीमा आएको छ । कहाँबाट फैलियो भन्ने अझै पत्ता लाग्न सकेको छैन अनुसन्धानमै छौ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडा पखाला फैलिएको जानकारी आएको बताए ।

स्वास्थ्य कार्यालय र बुटवलबाट पनि स्वास्थ्यको टोली आएको छ । जिल्लाका शिवराज कपिलवस्तु अस्पतालमा बिरामीको उपचार भइरहेको र केही बिरामीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको अधिकारी पाण्डेले बताए ।

सम्बन्धित शिर्षक :