लुम्बिनी प्रदेशमा २६ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण खोप लगाए

रुपन्देहीमा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोराना बिरुद्धको ३३ लाख ८७ हजार १सय २८ अपेक्षित जनामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

खोप लगाउनेमा रुपन्देहीको कुन जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन्।

लुम्बिनी प्रदेशको कुन जिल्लामा कतिले लगाए का छन कोरोना बिरुद्धको खोप ।

प्रदेशको पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसंख्या मध्ये २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । रोल्पामा एक लाख ५७ हजार ३६९ अपेक्षित जनसंख्या मध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

प्यूठानमा एक लाख ६० हजार ४१८ अपेक्षित जनसंख्या मध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । गुल्मीमा एक लाख ६७ हजार ६२७ अपेक्षित जनसंख्या मध्ये ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । अर्घाखाँचीमा एक लाख ३३ हजार ६५५ अपेक्षित जनसंख्या मध्ये २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

त्यस्तै पाल्पामा एक लाख ६२ हजार ९४९ अपेक्षित जनसंख्या मध्ये ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । पूर्वी नवलपरासीमा दुई लाख ४९ हजार ५३४ अपेक्षित जनसंख्या मध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कपिलवस्तुमा चार लाख ४५ हजार नौ सय अपेक्षित जनसंख्या मध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

दाङमा चार लाख ३२ हजार ५७३ अपेक्षित जनसंख्या मध्ये २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बाँकेमा चार लाख छ हजार १६५ अपेक्षित जनसंख्या मध्ये २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । बर्दियामा तीन लाख १९ हजार ५६ अपेक्षित जनसंख्या मध्ये २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याक यस्तो रहेको छ ।

 

सम्बन्धित शिर्षक :