रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

जिल्लामा २ लाखले दुबै डोज,२ लाख ५० हजारले पहिलो डोज र ४लाख खोप लगाउन बाँकी

स्वास्थ्यसमाचार/रुपन्देहीमा दशै अघिनै १८ वर्षमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउने भएका छन । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए ।

डा गिरीले भने जिल्लाका १६बटै पालिकामा असोज २२ र २३ १८ बर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजार मध्ये वालवालिका हरु १लाख २५ हजार र वाकी २ लाखले दुईमात्रा लगाई सकेका र २लाख ५० हजारले पहिलो डोज खोप लगाएको र वाकी ४ लाखलाई दशै अघि ६५ हजारलाई र तिहार अघि अरु वाकीलाई खोपलगाईने बताए ।

रुपन्देहीमा दशै अघि नै लक्षित जनसंख्याको ४० प्रतिशतले खोप लगाउने छन भने तिहार अघि वाकीसबैलाई कोरोना बिरुद्धको खोप लगाईने डा गिरीले बताए ।
स्थानिय निकायमा जिल्लाले परिपत्र गरेपनि पुरै खोप नपुग्ने बताएका छन ।बुटबल उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मित्र मणि खनालका अनुसार उपमहानगरमा लक्षित समुह ७७ हजार भएको र २३ हजारले लगाई सकेको अहिले जिल्लाबाट १२ हजार खोप आएको बताए ।

अहिले बुटबल उपमहानगरमा ३५ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाएर सकिने बताए ।त्यस्तै तिलोत्तमा नगरपालिकाका कोभिड फोकल पर्सन केशव भट्टराईका अनुसार १८ वर्ष माथिका नागरिकलाई खोप लगाउन ३५ हजार डोज खोप आवश्यक छ । तर तिलोत्तमामा १० हजार डोज मात्र प्राप्त भएको उनले बताए । तिलोत्तमा १८ देखि ३० वर्ष उमेर समूहका सबैलाई खोप लगाउने सूचना जारी गरेको छ ।

उता सैनामैना नगरपालिकाले पनि स्वास्थ्य कार्यालयबाट प्राप्त भएको खोपले सबै नागरिकलाई नपुग्ने बताएका छन् । अन्य कतिपय पालिकाले भने सबै नागरिकलाई खोप लगाउने भन्दै सूचना जारी गरिसकेका छन् । हालसम्म रुपन्देहीमा लक्षित जनसंख्याको २९ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् । अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । दशै भित्र ४० प्रतिशत र तिहार अघि वाकीलाई कोरोना बिरुद्धको खोप लगाउने जिल्ला स्वास्थ्य कार्यलयको योजना रहेको स्वास्थ्य कार्यलय प्रमुख गिरीले बताए ।

काडमान्डौ भक्तपुर ललितपुर यसअघि नै १८ बर्षमाथिका नागरिकले कोरोना बिरुद्धको खोपलगाएका छन भने लुम्बिनी प्रदेशको वाके र रुपन्देहीमा यस पटक १८वर्षमाथिका सबैनागरिकलाई कोरोना बिरुद्धको खोप लगाउन सरकारले निर्देशन गरेको छ ।

 

सम्बन्धित शिर्षक :