लुम्बिनी प्रादेशिक अस्पतालमा नि.मेसु डा ढकालले गरे पदभार ग्रहण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले पदभार ग्रहण गरेका छन । आज एक समारोहका बीच डा ढकालले पदभार ग्रहण गरेका हुन । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका मेसु डा. राजेन्द्र प्रसाद खनालले खादा ओढाएर स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र श्रोतलाई परिचालन गरि अस्पतालको आयश्रोत बृद्दीको व्यवस्था गरिने वताउदै डा ढकालले अस्पतालमा उपलब्ध हुन नसकेको सेवाको विस्तार गर्न आफुले पहल गर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनाललाई कोरोना ब्यबस्थापन समितिको संयोजकको जिम्मा दिएको र डा ढकाललार्ई निमित्त मेसुमा नियुक्त गरेको थियो ।कार्यक्रममा अस्पताल विकास समितीका अध्यक्ष सुर्य भट्टराई निवर्तमान मेसु डा. खनालले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । पदभार ग्रहण समारोहमा अस्पताल बिकास सदस्य रिज्जु श्रेष्ठ लगायतका बिभिन्न वाड ईन्र्चाज लगायको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :