स्वास्थ्यसमाचार / तिव्र रुपमा फैलिरहेको डेंगीबाट जोगिन घरबाटै सचेतना आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ओमसतिया गाउँपालिका वडा नम्बर १ मा आयोजित डेंगीबाट हुने जोखिम तथा यसबाट जोगिने उपाय बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले डेंगबाट जोगिन घरटोलबाट नै सचेतना अपनाउन आग्रह गरे ।पडसरी स्वास्थ्य चौकीको आयोजनामा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका लागि आयोजित कार्यक्रममा बोल्दै यादवले यसको लागि ६ वटै वडामा अभियान लैजाने बताए । उनले स्थानियहरुले पनि आफु छेउछाउमा पानी जम्न नदिन तथा लामखुट्टेको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बुटवल स्वास्थ्यको समिक्षा : गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले आफु् मातहतका स्वास्थ्य संस्थाहरुबाट थप गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएको छ । उपमहानगरपालिकाबाट गत आर्थिक वर्ष २०७८/ ०७९ मा सञ्चालन भएका स्वास्थ्य सेवा सम्बन्धी समिक्षा कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतले उक्त कुरामा जोड दिएका हुन् । उपमहानगरपालिकाका १२ वटा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित भएका योजना र कार्यक्रमको समिक्षा गरिएको हो ।नियमित खोप कार्यक्रम , कोरोना विरुद्धको खोप अभियान प्रभावकारी देखिएपनि अन्य कार्यक्रम सन्तोषजनक रुपमा सञ्चालन हुन नसेको कार्यक्रममा प्रस्तुत गरिएका सुचाङ्कमा उल्लेख छ । खोप कार्यक्रमको सुचाङ्क सय प्रतिशतमा पुगे पनि अन्य…
स्वास्थ्य कार्यालय रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी विष्टको निधन
स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी दिपक विष्टको निधनको भएको छ।विष्टको ४८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष थिए । महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको भएको निधनले स्वास्थ्य क्षेत्र तथा संघठनमा ठूलो क्षति भएको बताउनुभएको छ।
स्वास्थ्यमा मालिकाको फड्को गुल्मीकै,उत्कृष्ट पालिका बन्न सफल
स्वास्थ्यसमाचार/ गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको हो । पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले वताए। दुई दिन सम्म जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा चलेको समिक्षा गोष्टिमा पालिकाको कार्य प्रगतिको बारेमा समिक्षा समेत गरिएको थियो । जिल्लाको अत्यन्त विकट तथा गुल्मीको कर्णाली मानिने मालिका गाउँपालिकाले विभिन्न समस्याका बाबजुद पनि…
अर्घाखाचीमा स्वास्थ्यको समिक्षा सितगंगा नगरपालिका सर्वेत्कृष्ट
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीकोे आयोजनामा जिल्लाका ६ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगति समीक्षा सम्पन्न भएको छ। तिन नगरपालिका र तिन गाउपालिका रहेको अर्घाखाचीमा बार्षिक समिक्षा सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोे प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक समिक्षामा आर्थिक बर्ष ७८/७९ मा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समीक्षा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुस्पा थापाले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी, सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उद्देश्यले कार्यक्रमको…
डेंगुले महामारीको रुप लिने खतरा, विज्ञ भन्छन्–वास्तविक तथ्यांकभन्दा ५ गुणा बढी संक्रमित
काठमान्डौ/ देशका ७५ जिल्लामा फैलिइसकेको डेंगुले महामारीको रुप लिन सक्ने भएकाले सजगता अपनाउन विज्ञहरुले चेतावनी दिएका छन् ।यो सिजनमा सरकारी अस्पतालमा उपचार वा परीक्षण गर्न आएका ५ हजार २९ जनामा डेंगु पुष्टि भएको र संक्रमित थपिने क्रम जारी रहेकाले सतकर्ता अपाउन विज्ञहरुले चेतावनी दिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार यो तथ्यांक सरकारी अस्पतालको हो । सरकारी अस्पतालको औपचारिक तथ्यांक ५ हजारभन्दा बढी रहे पनि वास्तविक संक्रमित त्योभन्दा पाँच गुणा बढी हुन सक्ने उनले बताए । ‘निजी अस्पतालमा पुष्टि भएका वा उपचार गराइरहेका विरामीको तथ्यांक रिपोर्टिङ भएको…
लुम्बिनी प्रादेशिक अस्पताल (secondary B)अस्पतालमा नेपालमै प्रथम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल न्युनतम सेवा मापदण्ड मुल्यांकन नेपालकै प्रथम भएको छ। नेपाल भरिका (secondary B) अस्पतालहरु मध्ये न्युनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो। लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालय बाट भाद्र २२,२३,र २४ गते लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्यात मुल्यांकन तथा समिक्षा समारोहमा अस्पतालको मुल्याकन गरिएको हो । आज लुम्बिनी प्रादेशिक अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड मुल्यांकन तथा समिक्षा गोष्ठी कार्यक्रममा सो जानकारी गराइएको हो। मुल्यांकन तथा समिक्षा कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ सचिव डा बिकास देवकोटाको…
भुलेर पनि खाली पेटमा नखानुहोस् यी चिज
एजेन्सी / राम्रो स्वास्थ्यको लागि स्वस्थ खाना आवश्यक छ। तर कहिलेकाहीँ गलत समयमा केही खाँदा स्वास्थ्यमा पनि उल्टो असर पर्छ । यस्तो अवस्थामा विशेष गरी के खाँदै हुनुहुन्छ र कुन समयमा खाइरहनुभएको छ भन्ने कुरामा ध्यान दिनुहोस्। यहाँ हामी तपाईँलाई खाली पेटमा खान नहुने खानेकुराहरू बताइरहेका छौँ । केरा खाली पेटमा केरा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा बढ्छ, जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले बिहान खाली पेटमा केरा खानु हुँदैन । कफी खाली पेटमा कफीको सेवन सबैभन्दा खतरनाक हुन्छ । यसमा क्याफिन हुन्छ जसले खाली पेटमा…
डेंगुबाट नेपालगन्जमा ८५ वर्षीय पुरुष र १२ वर्षीया बालिकाको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालगन्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।
तिलोत्तमामा सुआहारको सिकाइ कार्यशाला :कुपोषणलाई अन्त्य सबै मिलेर लागौ नगरप्रमुख खाँड
स्वास्थ्यसमाचार/सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यशाला गोष्ठीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले उदघाट्न गरे। उक्त कार्यशाला गोष्ठीमा वोल्दै नगरप्रमुख खाँडले समाज आधुनिकता संग अघिबढदा स्तनपान नगराउने खंख्या बढदै गएको बताए ।उनले स्तनपान आमा र बच्चा दुबैलाई आबश्यक भएको भन्ने चेतनाको कमी भएको कारण अहिले पनि जनचेतनाको खाँचो रहेको बताए । नगरप्रमुख खाँडले तिलोत्तमा नगरपालिकाले पोषणको लागी आबश्यक साझेदारी संस्था संगसहकार्य गरेर नगरमा कुषोषण अन्त्य गर्ने बताए। तिलोत्तमा नगरपालिकाले अहिले…

