“स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी वुटवलमा शुरु

स्वास्थ्यसमाचार/ ”नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा “स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी बुटवलमा शुरु भएको छ।गोष्ठीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थारुले स्वास्थ्य अनुसन्धानका बिषयमा छलफल गर्नु नयाँ कुरा खोज्नु र कसरी नयाँ तरिकाले काम गर्न सकिन्छ भनेर लाग्नु राम्रो काम भएको बताए। उनले यस्ता नयाँ कामको लागी स्वास्थ्य मन्त्रालय पनि सहयोग र सहकार्य गरेर अघि बढने बताए । स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले वोल्दै जनस्वास्थ्य विषय आफैमा नयाँ खोजी रहेको र नेपाल…

बेलायत मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न इच्छुक: निर्देशक वर्ड

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ । बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा वताए । नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरे। भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने वताईन…

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन समितिको निर्देशन

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिले सरकारी अस्पतालहरुको सेवा प्रवाह लाईथप सहज, ब्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार बसेको प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डा.विकास देवकोटा लगायतका अधिकारीहरु सहितको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई थप सहज र ब्यवस्थित बनाउन र कोभिड–१९ बाट मृत्यु भएका परिवारले प्राप्त गर्ने राहत रकम प्राप्त गर्न बाँकी रहेका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको समितिका सचिब गिरीराज खनालले वताए । समितिका सभापति बाबुराम गौतमको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य समेत रहेका…

एकै दिन ३ जनाको मृत्यु, थप २०६ जनामा कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै शुक्रबार कोरोना सक्रिय सङ्क्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने…

स्वास्थ्य क्षेत्रमा बुटवलले सार्वजनिक गर्‍यो एक सय दिनका उपलब्धि

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५०० सय रुपैयाँ पोषण खर्च दिने भएको छ। बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको कार्यक्रममा बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५ रुपैयाँ पोषण खर्च दिने उल्लेख गरेको हो । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको छ शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गरे । उनले स्वास्थ्य क्षेत्रमा गरेका…

लुम्बिनी प्रादेशिक अस्पतालमा चिकनगुनिया रोगको परिक्षण हुने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा आज देखि चिकनगुनिया रोग को परिक्षण हुने भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालको NTDs unit मार्फत Fairmed / IRDC ले अस्पताललाई तत्काल यो रोगको परिक्षण गर्न आबश्यक कीट हस्तान्तरण गर्नुभएको छ । यस क्षेत्रमा अहिलेसम्म पनि परिक्षण नभएको हुँदा अहिलेसम्म चिकनगुनिया रोग लागे नलागेको पत्ता लागेको थिएन । अस्पतालका मेसु डा ईन्द्र ढकालले चिकन गुनिया रोगको परिक्षण गर्न आबश्यक कीट उपलब्ध गराएकोमा संस्थाहरुलाई धन्यवाद दिदै अस्पताल आउने यो रोगका बिरामीलाई परिक्षणमा सहज हुने बताउनु भयो। हस्तान्तरण कार्यक्रम अस्पतालका मे सु डाक्टर इन्द्र ढकाल ,मेडिकल बिभाग…

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुविधाबारे जानकारी मुलक डिस्प्ले शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पतालबाट पाइने सेवा सुविधाबारे अल्ट्रा एलइडी डिस्प्लेको शुभारम्भ भएको छ । उक्त सेवाको शुभारम्भ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले गर्नुभएको हो । अस्पतालको मुल गेटको प्रवेश संगै रहेको सूचनामुलक एलइडी डिस्प्लेबाट सेवाग्राहीलाई सहजता हुनेछ । अस्पतालबाट उपलब्ध हुने सेवा सुविधाबारे सूचना प्रवाह गर्ने उद्देश्यले डिस्प्लेबाट सांकेतिक भाषामा नियमित जानकारी गराइनेछ अस्पतालका मेसु डा ढकालले अस्पतालको हाता भित्र अस्पतालको सेवा सुविधाबारे जानकारीमुलक डिस्प्लेबाट सवै वर्गका व्यक्तिले लाभ लिने बताउनुभयो । अस्पतालमा ४ लाख बराबरको लागतमा सिद्धार्थ सामाजिक विकास केन्द्र र युएनएफपिएको आर्थिक प्राविधिक सहयोगमा अल्ट्रा…

पाल्पामा डेंगु परीक्षण गर्ने किट अभाव ,महँगो शुल्क तिर्न वाध्य बिरामी

स्वास्थ्यसमाचार /पाल्पामा डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट अभाब भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट सरकारले उपलब्ध गराउन नसकेकाले एउटा पनि किट नभएको बताए । स्वास्थ्य कार्यालयले  तानसेनमा राखेकोे अभिमुखीकरणमा बोल्दै उनले भने, ‘सरकारले निःशुल्क किट उपलब्ध गराउने भनेको छ तर हामीसँग भने किटको अभाव छ ।’ अस्पतालहरुमा भने लक्षण देखिएका र सस्पेक्टेड बिरामीको संख्या दैनिक वृद्धि भएको छ डा गिरीले भने। पाल्पाका बिभिन्न अस्पतालमा दैनीक ४० देखी ५० जना सम्म डेंगु संक्रमण बिरामीमा परिक्षण गर्न आएको बताए। भदौ,…

प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु

स्वास्थ्यसमाचार/  दाङकाे राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रागणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र जानु परेन । जसका कारण समय र पैसा दुबैको बचत भयो । अव पौडेल जस्ता धेरै विरामी उपचारका लागि भन्दै बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । आजदेखि प्रस्तावित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ । निक साइमन इन्सिच्यूटको प्राविधिक सहयोगमा प्रस्तावित भालुवाङ अस्पतालमा आज देखि विशेषज्ञ सेवा…

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

स्वास्थ्यसमाचार/ पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा। टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन्…