तिलोत्तमामा सुआहारको सिकाइ कार्यशाला :कुपोषणलाई अन्त्य सबै मिलेर लागौ नगरप्रमुख खाँड

स्वास्थ्यसमाचार/सेतो गुराँस बाल विकास सेवा रूपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले उदघाट्न गरे। उक्त कार्यशाला गोष्ठीमा वोल्दै नगरप्रमुख खाँडले समाज आधुनिकता संग अघिबढदा स्तनपान नगराउने खंख्या बढदै गएको बताए ।उनले स्तनपान आमा र बच्चा दुबैलाई आबश्यक भएको भन्ने चेतनाको कमी भएको कारण अहिले पनि जनचेतनाको खाँचो रहेको बताए ।

नगरप्रमुख खाँडले तिलोत्तमा नगरपालिकाले पोषणको लागी आबश्यक साझेदारी संस्था संगसहकार्य गरेर नगरमा कुषोषण अन्त्य गर्ने बताए। तिलोत्तमा नगरपालिकाले अहिले सामुदायी बिद्यालयमा बिद्याथीहरुको लागी पोषण युक्त खाजाको लागी सरकारले दिएको खाजामा १५रुपैयमा १० थपेर २५ रुपैयाको खाजा दिने गरेको बताए।

नगरप्रमुख खाँडले तिलोत्तमाले स्थानीय तथा अर्गानिक उत्पादनलाई प्राथमिकता दिएको वताउदै बालबालिकाहरुमा पोषणयुक्त खाना उपलव्ध भए उनीहरुको सर्वाङ्गीण विकास हुने र खान नजान्दा कुपोषणको शिकार हुने गरेको बताए ।खाडले भने आज यहा धेरै कुरा सिकेका छौ सबैले यसलाई कार्यन्यन गरौ सम्भब छ आफै सुधान सकिन्छ नगरप्रमुख खाँडले भने । सुआहाराले गरेको कार्यक्रमले समाजलाई परिवर्तन र उपलब्धि मुलुक रहेको खाँडले बताए।

कार्यक्रमा जिल्ला स्वास्थ्यकार्यलय रुपन्देहीका प्रमुख गौरव ढकालले हामी के खानेकुरा खान्छौ र हामो जिवन शैली कस्तो बनाउने भन्ने कुरा हामी मै निर्भर हुन्छ त्यसैले हामी कसरी स्वास्थ्य रहने र निरन्तरता दिने भन्ने कुरा हामी खाने दैनिक खानेपानले गर्दछ । कुपोषणलाई अन्त्य गर्न हामी सबै मिलेर लाग्नु पर्ने बताए।

कार्यशाला सुआहारा प्रदेश संयोजक भरत शर्माले तिलोत्तमा नगरपालिकामा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान प्रदान सम्बन्धि आफ्ना धारणा राख्दै सुआहारा कार्यक्रमको सिकाई र आगामी कार्यदिशा बारेमा जानकारी गराए ।

उनले दोश्रो चरण सकिएको र अब केहि महिनापछि सुआहारा जस्तै पोषणको कार्यक्रम शुरु हुने बताए । केहि समयको लागी सुआहार घर घर र स्थानिय समुदायमा काम नगर्ने बताए ।उनले स्वास्थ्यकर्मिलाई क्षमता अभिबृद्धि तालिम संञ्चालन गर्ने बताए ।संयोजक शर्माले अहिले लुम्बिनी प्रदेश कुपोषणको क्षेत्रमा पाँचौ स्थानमा रहेकोले कुपोषणमा कमील्याउन धेरै मिहेनेत गर्नु पर्ने बताए । सुआहाराले देसका ४२ जिल्लामा काम गरेको बताए ।

कार्यक्रममा सहजिकरण गर्दै सुआहराका पोषण अधिकृत दुर्गा रानाले पोषण सम्बन्धि विभिन्न कुराहरुको जानकारी गराउदै के खाने, कुन तरिका बाट खाने त्यसको मात्रा के कति भन्ने बारेमा बालबालिका र आमाको खानपान बारे विस्तृत जानकारी गराएका थिए ।कार्यक्रममा तिलोत्तमा नगरपालिका वडाअध्यक्षहरुले वोल्दै यस्तो कार्यक्रमले समाजमा राम्रो गरेको र यसलाई निरन्तरता दिन पनि प्रमुखलाई आग्रह गरे ।

कार्यशाला गोष्ठीमा तिलोत्तमानगरपालिका वडा नम्बर १ देखि १९ वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका स्वास्थ्य संस्थाका प्रमुख अन्य सरोकारवाहरुको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा नगर उपप्रमुख जागेश्वरीदेबी चौधरीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको स्वागत तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक मोती पौडेलले र संञ्चालन नगरपालिका सिअहेब राम प्रसाद ढकालले गरेका थिए ।

सम्बन्धित शिर्षक :