स्वास्थ्यसमाचार/ लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र आयुर्वेद औषधी उत्पादन केन्द्र वनाईने बताएका हुन् । त्यस्तै प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र वितरणको कार्यलाई थप प्रभावकारी बनाइने। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुकुम पूर्वमा आयुर्वेदिक चिकित्सालयको स्थापना गरिनेछ। विद्यार्थीहरूमाझ जडिबुटी पहिचानका कार्यक्रमहरू सञ्चालन गरिने। आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत प्राकृतिक चिकित्सा,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रुपन्देहीमा ६२-६४ वर्ष उमेरका ९ हजारले लगाए भेरोसेल खोप
स्वास्थ्यसमाचार/ रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप ९ हजारले लगाएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्ला भित्र रहेका १६ पालिका ९६ खोपकेन्द्र मार्फत ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाएका हुन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटबल उपमहानगर पालिकामा २२सय ८१ लक्ष्य भएकोमा २१ सय ३० जनाले खोप लगाएका छन ।त्यस्तै देवदहनगरपालिकामा८ सय ५६लक्ष्य भएपनि ६सय ७ जनाले खोप लगाएका छन । तिलोत्तमा मा १६सय १४ लक्ष्य भएपनि१५सय ५३ जनाले खोप लगाएका छन ।लुम्बिनी सांस्कृतिक…
लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…
सैनामैनाको कोरोना अस्पताललाई हेरफरको २६लाख ५० हजार सहयोग
स्वास्थ्यसमाचार/हेफर इन्टरनेशनल नेपालले सैनामैना नगरपालिकाको कोरोना अस्पताल व्यवस्थापनको लागी रु २६ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको छ । आज सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई हेफरको तर्फबाट अनन्तराज सिलवाल सहितको टोलीले उक्त रकम हस्तान्तरण गरेका हुन। सहयोग रकम बुझ्दै सैनामैनाका नगर प्रमुख कार्कीले ठुलो धनराशीको सहयोग उपलब्ध गराएकोमा हेफरलाई समग्र नगरपालिका र नगरबासीको तर्फबाट धन्यवाद ब्यक्त गरे । हेफर लगायत अन्य संघ संस्थाबाट प्राप्त सहयोग रकमले सैनामैनामा संचालित कोरोना अस्पताल अब छिटै नै सुबिधा सम्पन्न अस्पतालको रुपमा संचालनमा आउने समेत कार्कीले वताए । उक्त रकम हस्तान्तण कार्यक्रममा नगरपालिका…
केही महिनाभित्र सबै नेपालीलाई खोप :स्वास्थ्य मन्त्री तामाङ
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने पनि दावी गरे । खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि उनले बताए ।उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् । गाउँगाउँसम्म एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण…
तिलोत्तमानगरमा ८ ठाउमा भोलि कोरोना विरुद्धको खोप लगाइँदै
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा मंगलबार कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो । शंकरनगर स्वास्थ्य चौकी, आनन्दवन स्वास्थ्य चौकी, करहिया स्वास्थ्य चौकी, सेमरा स्वास्थ्य चौकी, टिकुलीगढ स्वास्थ्य चौकी, मधवलिया स्वास्थ्य चौकी, गंगोलिया स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र ५ मा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । यस्तै अन्यत्र भेरोसिलको पहिलो मात्रा लगाएकालाई पनि दोश्रोे मात्रा लगाउन पाउने छन् । तिलोत्तमा नगरपालिका प्रबक्ता सुरेन्द्र श्रीले ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई कोभिड –१९…
देबदहनगरमा ६ ठाउमा भोलि कोरोना विरुद्धको खोप लगाइँदै
स्वास्थ्यसमाचार/ रुपन्देहीको देबदह नगरपालिकामा मंगलबार कोरोना खोप लगाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गरी ६२ देखि ६४ वर्षसम्मकालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने जनाएको हो । केराबानी स्वास्थ्य चौकी देबदह स्वास्थ्य चौकी शिक्टन स्वास्थ्य चौकी चरडगे सामुदायीक स्वास्थ्य ईकाई भबानी पुर शहरी स्वास्थ्यकेन्द्र र देबदह मेडिकललेजमा गएर खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । यस्तै अन्यत्र भेरोसिलको पहिलो मात्रा लगाएकालाई पनि दोश्रो मात्रा लगाउन पाउने छन् । देबदह नगर प्रमुख हिरा बहादुर खत्रीले आफुलाई पाएक पर्ने ठाउमा गएर खोप लगाउन आग्रह गरेका छन ।
पत्रकार महासंघ रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण
स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघ रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ । पण्डित आयुर्वेद उद्योग र सुभास आयुर्वेद फर्म बुटवलको सहयोगमा प्राप्त रोग प्रतिरोधी क्षमता बढाउने औषधि योग अभियन्ता विष्णुहरि आचार्यले हस्तान्तरण गरेका हुन्। एक कार्यक्रमका बिचमा नेपाल पत्रकार महासंघ रूपन्देहीको कार्यालयमा गरिएको हस्तान्तरण कार्यक्रममा रूपन्देही अध्यक्ष रामराज पोख्रेल, प्रदेश पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम, खड्का, उपाध्यक्ष विश्वास ढकाल, सचिव बिनोद परियार, कार्यसमिति सदस्य आचार्य प्रदीप लगायतको उपस्थिति रहेको थियो। औषधी हस्तान्तरण गर्दै आचार्यले गुडूची, मुलेठी र त्रिकटु चुणर्बाट बनेको औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने बताए। उनले पछिल्लो…
महामारीका सम्भावित नयाँ लहरको पूर्वतयारीमा जुट्न बुटवल उपमहानगर द्वारा आग्रह
स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा विज्ञहरुसंग छलफल गरेको छ । खासगरी आउने लहरले बालबालिकालाई प्रभावित बनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि यहाँका बालरोग विशेषज्ञहरुसंग उपमहानगरले छलफल र परामर्श गरेको हो ।महामारीको तेस्रो लहरको पूर्वतयारी स्वरुप बालरोग विशेषज्ञहरुसंग सम्भावित जोखिम न्यूनिकरण र विद्यमान जनशक्तिका बारेमा छलफल गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले वताए। लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज (युसीएमएस), क्रिमसन अस्पताल, देवदह मेडिकल कलेज, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बालरोग विशेषज्ञ तथा…
रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण, ३०२जना संक्रमण मुक्त
स्वास्थ्यसमाचार / रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २सय ६१ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको भने ३सय २ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देहील जनाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बुटवल उपमहानगरपालिकामा ९ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा र रोहिणी गाउँपालिकामा ४४ जना, शुद्धोधन गाउँपालिकामा ३ जना र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७…