लुम्बिनी प्रादेशिक अस्पताल (secondary B)अस्पतालमा नेपालमै प्रथम

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशिक अस्पताल न्युनतम सेवा मापदण्ड मुल्यांकन नेपालकै प्रथम भएको छ। नेपाल भरिका (secondary B) अस्पतालहरु मध्ये न्युनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर प्रथम बन्न सफल भएको हो।

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालय बाट भाद्र २२,२३,र २४ गते लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्यात मुल्यांकन तथा समिक्षा समारोहमा अस्पतालको मुल्याकन गरिएको हो । आज लुम्बिनी प्रादेशिक अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड मुल्यांकन तथा समिक्षा गोष्ठी कार्यक्रममा सो जानकारी गराइएको हो।

मुल्यांकन तथा समिक्षा कार्यक्रमको अध्यक्षता लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ सचिव डा बिकास देवकोटाको प्रमुख आतिथ्यता, तथा बिशिस्ट अतिथिहरुमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीको ,स्वास्थ सेवा बिभागका नर्सिङ तथा सामाजिक सुरक्षा शाखा प्रमुख गोमा देवि निरौला रहनु भएको थियो ।

 

भने कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसुु डाक्टर किशोर बन्जाडे,स्याङ्जा जिल्ला अस्पतालका मेसु रमेश प्रसाद आचार्य स्वास्थ्य ,निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारी न्युनतम सेवा मापदण्ड मुल्यांकन अधिकृत बिनिता काफ्ले ,निकसाईमन लुम्बिनी प्रदेश संयोजक बिमलचन्द्र पुन  अस्पतालका बिभागीय ईन्चार्ज प्रमुख विशेषज्ञ डाक्टर ,नर्सिङ प्रमुख लगायत विभिन्न वार्ड बिभाग प्रमुखहरु सहित सबै बिभाग का स्वास्थकर्मी सहभागीता रहेको थियो।

तीन दिन सम्म तीन टिम बनाएर संयुक्त तथा अलगअलग गरि निरीक्षक अनुगमन गरिएको थियो। उक्त कार्यक्रममा अस्पतालको तर्फबाट नर्सिड ईन्चार्ज ज्योती पौडेलले प्रस्तुतिकरण गर्नुभएको थियो भने,प्रशासन प्रमुख फोकल पर्सन ले सहजीकरण समन्वय गर्नु भएको थियो।

अनुगम टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन,डोटि अस्पताल काठमाडौं र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालको टोलीले अनुगमन गरेको थिए ।अघिल्लो बर्षको पुसमा अनुगमन गर्दा ७४% प्रथम नै थियो ।तीन महिना अगाडि कर्णाली अस्पतालमा ७९% ल्याएर प्रथम भएकोमा अहिले लुम्बिनी प्रादेशिक ८०% ल्याएर फेरि प्रथम भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले वताउनु भयो।

अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा ३ लाख ४ हजार ७२५ जनाले उपचार गराएका छन । आर्थिक वर्ष २०७८ को साउनदेखि २०७९ को असारसम्म अस्पतालको बहिरंग रोग विभाग(ओपीडी) र आकस्मिक(ईर्मेजेन्सी)मा गरि उक्त सङ्ख्यामा सेवाग्रहीले सेवा लिएका छन ।।

जनरल (ओपीडी) ईएचएस र बिमा गरि अस्पतालबाट २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् । त्यसमध्ये जनरलमा १ लाख ८३ हजार ६१५ ईएचएसबाट २ हजार ४७८ र बिमाबाट १ लाख ९६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन । आकस्मिक कक्षमा ५३ हजार ६६५ जनाले उपचार गराएका अस्पतालका मेसु डा ढकालले बताउनु भयो।

सम्बन्धित शिर्षक :