डेंगुबाट नेपालगन्जमा ८५ वर्षीय पुरुष र १२ वर्षीया बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालगन्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट  डा बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

सम्बन्धित शिर्षक :