देवदह मेडिकल कलेजको सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवा सुभारम्भ

स्वास्थ्यसमाचार / देवदह मेडिकल कलेज भलुहिको प्राविधिक सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको छ।

देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेल प्रमुख आतिथ्यतामा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष,गोपाल बहादुर पोखरेल को विशिष्ट आतिथ्यतामा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको हो।

आजबाट सुरु भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सक द्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीले बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे,स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले शुभकामना व्यक्त गरेका थिए। हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीको स्वागत र अहेव उमानन्द भुसाल संञ्चालन भएको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :