भनभने गुल्मी सम्पर्क समाज रुपन्देही द्धारा रक्तदान, ६३ पिन्ट रगत संकलन

स्वास्थ्यसमाचार / संविधान दिवस २०७९ को अवसरमा भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले रक्तदान गरेको छ। रक्त संञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो ।

रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ६३ पिन्ट रगत संकलन  भएको कार्यक्रम संयोजक पदम जिसीले बताए ।

रुपन्देही तथा यस आसपासमा डेगुका बिरामीहरु बढ्दै जादा रगतको माग बढेकोले सम्पर्क समाजले पनि केहि गर्नु पर्छ भन्ने उदेश्यले रक्तदानकार्यक्रम आयोजना गरिएको अध्यक्ष लोक नाथ पन्थीले बताए ।उनले रक्तदान गर्नेलाई प्रमाण पत्र समेत बितरण गरिएको  समेतपन्थीले बताए ।

रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार पदाधिकारी र अन्य रक्तदान गर्नेको सहभागीता रहेको समाजका सल्लाहकार बुद्धि पराजुलीले बताए।

 

 

 

सम्बन्धित शिर्षक :