लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डा देबकोटालाई प्रदेश सेवा समर्पण पदक

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयका सचिब डा विकास देबकोटा प्रदेश सेवा समर्पण पदकबाट सम्मानित हुने भएका छन। लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन डा देबकोटा लगायतका लाई प्रदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।

त्यस्तै स्वास्थ्यमा मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. मोहिउद्दिन किदवाई प्रदान गर्ने भएको छ उनले लामो समयसम्म स्वास्थ्य क्षेत्रमाकार्यरत रही पश्चिम नेपालमै अधिकजनताको शल्यक्रिया गरी जनस्वास्थ्यको उल्लेख्य योगदान पु¥याएको वताएको छ उनी बाँकेका हुन।

त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. राजन पाण्डेलाई सम्मान गर्ने भएको छ उनले तराइका थारु समुदायमा समस्याकोरुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमिया सम्बन्धी स्वास्थ्यसमस्या पत्ता लगाई उक्त रोगको निदानमा ठुलो भुमिका रहेको बताएको छ उनी चितबन वासी रहेका छन।त्यस्तै प्रदेश सेवासमर्पण पदक द्वितीय शारदा कुमारी चौधरीमहिलास्वास्थ्य सेवामा रही विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्नरही कोभिड–१९ महामारीमा समेतविशेष भूमिका वहन गरेको उल्लेख गरेको छ उनी बाके निबासी हुन।

त्यस्तै प्रदेश सेवासमर्पण पदक द्वितीय डा.कुन्दन कुमार सिंह सम्मानित हुने भएका छन उनले स्वास्थ्य सेवामा रही विरामीहरुको उपचारमा अनुकरणीय रुपमा संलग्नरही कोभिड–१९ तथा विपद् जन्य महामारीमा विशेष भूमिका वहनगरेको उल्लेख गरेको छ उनीनवलपरासी(ब.सु.प.) हुन।त्यस्तै समाजसेवाश्री पदक द्वितीयडा. किशोर खत्री बालविशेषज्ञको रुपमा विभिन्न ग्रामीणक्षेत्रहरुमा विभिन्न घुम्ती शिविरसञ्चालन गरी बालबालिकाको स्वास्थ्यसेवा सुधारमा महत्वपूर्ण भूमिका वहन गरेको उल्लेख गरेको छ उनी दाङ्ग निबासी हुन।

र अर्काे समाजसेवाश्री पदक द्वितीयमोहम्मद इरफानसिद्दिकी कोभिड–१९ महामारीमा महत्वपूर्णभूमिका वहन गर्दै बिरामीहरुको सेवा गरेको उल्लेख गरेको छ उनी बाँके जिल्ला बासी रहेका छन। संबिधान दिवसको दिन घोषणा गरेको उक्त पदक लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा फागुन ३ गते वितरण गर्ने छ ।

सम्बन्धित शिर्षक :