किन बन्न सकेन ६३ बर्ष पुरानो परिवार नियोजन कार्यक्रम प्रभाबकारी ?

सेवाको समता मुलक पहुँचका लागि थप लगानी आवश्यकता

चन्द्रकान्त खनाल
स्वास्थ्यसमाचार/ नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागु भएको ६३ बर्ष भएपनि सबै समुदायका ब्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो सेवाको समता मुलक पहुँचका लागि थप लगानी एवम् प्रयासको आवश्यकता रहेको बताईएको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नबौ राष्ट्रिय परिवार नियोजन दिवसका अबसरमा आयोजीत अन्तकृर्या कार्यक्रमा उक्त कुरा बताईएको हो। सरकारले व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार भन्ने नाराका अघि सारेर दिबस मनाएको छ।

व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेको छ। कार्यक्रममा प्रस्तुतिकरण गर्दे स्वास्थ्य निर्देशनालयका परिवार नियोजन निरीक्षक कौशल भन्डारीले नेपालमा परिवार योजना (नियोजन)मा चुनौति रहेको बताए ।

उनले अस्पतालमा तथा अन्य सेवा प्रदायक संस्थामा तालिम प्राप्त जनशक्तीको कमि, बन्ध्याकरण सेवा प्रदायक अस्पतालहरूमा सबै प्रकारका सेवाको (स्थायी बन्ध्याकरण सहित) नियमित नहुनु ,संस्थागत परिवार योजना सेवा केन्द्रहरूको अवस्था प्रदेश तथा जिल्ला स्थित स्वास्थ्य कार्यालयहरूमा परिवार योजना परिवार नियोजन सेवा सुपरभाईजर को ब्यबस्था गर्न नसक्नु नीजि तथा सामुदायिक अस्पताल, शिक्षण अस्पताल, प्रतिष्ठानहरूमा सेवाबिस्तार, गुणस्तर सेवा अभिवृद्दि, तथ्याङ्क अभिलेखिकरण तथा प्रतिवेदन राख्न नसक्नुको कारण यो चुनौति भएको बताए । त्यस्तै उनले प्रजनन स्वास्थ्य अधिकार र जिम्मेवारी वारे चेतनाको कमि रहेको समेत बताए।

स्वास्थ्य निर्देशनालयका परिवार नियोजन निरीक्षक कौशल भन्डारीले तराईका ४ जिल्ला रुपन्देही कपिलबस्तु नबलपरासी र वाकेमा खुसहाल परिवार कार्यक्रम संचालन गरिएको बताए । उनले यो सिमान्तकृत समुदायमा पहिलो पटक यो कार्यक्रम लागु भएको बताए।
परिवार योजना सेवालाई थप सुदृढीकरण गर्न को लागी संघ, प्रदेश र स्थानिय तहहरुले परिवार योजना सेवाको लागि आवश्यकबजेटको ब्यबस्था गर्ने ,प्रदेश र स्थानिय तहमा जिम्मेवार व्यवस्थापकको व्यवस्था ।निजि क्षेत्रको थप सहभागिता गराउनु पर्ने बताए।

त्यस्तै परिवार योजना सेवा प्रदायकहरुको क्षमता विकास, हरेक स्वास्थ्य संस्थामापरिवार योजनाका साधनहरुको सुनिश्चिततासेवाको उपयोग नगरिरहेका सिमान्तकृत समूहरुको पहिचान गरि स्थानीय परिवेशको आधारमा विशेष कार्यक्रम संचालन गर्ने ब्यस्था मिलाउनु पर्ने परिवार योजनाको आवश्यकता र प्रजनन अधिकारका वारेमा थप प्रचार प्रसार र पैरवी गर्ने ब्यबस्था मिलाउनु पर्ने र परिवार योजनालाई मातृ, वाल, पोषण र अन्य स्वास्थ्य एवम् शिक्षा, कृषि,महिला विकास कार्यक्रमहरु संग एकीकरण गरि संञ्चालन गराउन सके परिवार योजना सेवालाई थप सुदृढीकरण गर्न सकिने बताए ।

कार्यक्रममा कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले वोल्दै परिवार नियोजनले परिवारलाई व्यवस्थित बनाउने भन्दै यसबारे पत्रकारिता क्षेत्रले नागरिकहरुलाई सचेत बनाउनुपर्ने बताए ।उनले प्रदेश सरकारले परिवार नियोजन सम्बन्धमा विद्यालय तह, विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत काम गर्दै आएको समेत जानकारी गराए ।

उनले परिवारले धान्न सक्ने गरि बच्चाको संख्या र व्यवस्थापन गर्ने विधिलाई परिवार नियोजन भन्ने बताउँदै अस्थायी वा स्थायी दुवै तरिका अपनाउन सकिने बताए । समाजमा अझै पनि परिवार योजना व्यवस्थित हुन नसकेको बताउँदै नेपालमा बच्चा भएपछि मात्रै यसको प्रयोग गर्ने र केहि समयपछि फेरी छोड्ने प्रचलन देखा परेको लेअस्थायी परिवार नियोजनका साधनका रुपवमा पिल्स, डिपो प्रोभेरा, इप्लान्ट, आइसियूडी र आकस्मि गर्भनिरोधक प्रयोगमा छन त्सलाई प्रयोग गर्नु पर्ने बताए ।

उनले तराईका जिल्लाहरुमा भने परिवार नियोजनका सन्दर्भममा केहि भ्रमहरु रहेको वताए । उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश पत्रकार महासंघ सचिब बिक्रम खडकाले पत्रकार क्षमता अभिबृद्धिका कार्यक्रम गर्न सुझाव दिए ।अवस्थामा परिवार नियोजनको सहि प्रयोगले मातृ मृत्यूदर, असुरक्षित गर्भपतनलाई नियन्त्रण गर्न सकिन वताए । कार्यक्रमको संञ्चालन प्रदेश स्वास्थ्य निर्देशनालयका खिम पान्डेले गरेका थिए ।

                                              यस्तो छ लुम्बिनी प्रदेशमा  परिवार नियोजन को अबस्था।

सम्बन्धित शिर्षक :