भीम अस्पतालको वार्षिक समीक्षा :जनशक्ति अभाव रहेको गुनासो

स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७८÷०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमबारे भैरहवास्थित भीम अस्पतालले वार्षिक समीक्षा गरेको छ ।

कार्यक्रममा बोल्दै मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले सबै मिलेर आर्थिक वर्ष २०७८/७९ मा अस्पतालमा राम्रो काम भएको वताईन।उनले अस्पतालमा आवश्यक जनशक्तिको अभाव भएको बताइन् ।डा गुप्ताले भनिन, ‘अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्न लागिपरेका छौं ।’ काम गर्ने क्रममा कमीकमजोरी हुने भएकाले ती कमीकमजोरीलाई सुधार गर्दै जाने छौ ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा विशेषज्ञ सेवा थप गर्दै जाने बताए ।भन्डारीले ‘बिरामीलाई अस्पतालबाहिर नजाने गरी सेवा सञ्चालन गर्न लागिपरेका छौं । उनले सरकारी अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने औषधी सरकारले उपलब्ध गराउनुपर्ने माग गरे ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रतिनिधि खिमलाल पाण्डेले फोहोरमैला व्यवस्थापनमा विशेष ध्यान दिन अस्पताललाई आग्रह गरे । उनले सीमित स्रोतसाधनमा भीम अस्पतालले राम्रो सेवा प्रदान गरेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा अगाडि ल्याउन भीम अस्पतालको महत्वपूर्ण योगदान रहेको बताए । उनले डेंगूविरुद्ध पनि एकजुट भएर काम गर्नुपर्ने बताए ।

सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीतादेवी न्यौपानेले सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको र यसको श्रेय भीम अस्पताललाई पनि जाने बताइन् ।प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले समीक्षात्मक प्रस्तुतीकरण गरेकी थिइन् ।

 

सम्बन्धित शिर्षक :