लुम्बिनी प्रदेशमा डेंगुबाट ३ जनाको मृत्यु, २७सयमा संक्रमण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २ हजार ७सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयको आयोजना, फेयरमेट फाउन्डेसन र ईन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा डेंगु रोगको प्रकोपको प्रदेशको अवस्था नियन्त्रण र रोकथामका उपायका सम्बन्धमा पत्रकारलाई जानकारी दिने उदेस्यले गरिएको कार्यक्रममा उक्त कुरा बताईको हो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार लुम्बिनी प्रदेशका दाङमा १ हजार १ सय ८० सबैभन्दा बढि, रुपन्देहीमा ७ सय, गुल्मीमा २ सय ९८, अर्घाखाँचीमा १ सय ३८, पाल्पा ९८, नवलपरासी ६२ संक्रमित भएका छन भने पाल्पा, दाङ र बर्दियामा एक÷एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको वताए ।

मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका–१ का ख्याहाका ५८ वर्षीय पुरूषको त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीया महिलाको र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट भदौ २२ गते मृत्यु मन्त्रालयका प्रवक्ता डा पौडेलले बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने पौडेलले बताए।

साउन मसान्तसम्म करिब ४सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको डा पौडेलले बताए डा पौडेलका अनुसार विहिबार पनि ४० जना थपिदा थपिदा। प्रदेशमा हाल २ हजार ७ सय ८ जना संक्रमितहरु रहेको बताए।पौडेलले महामारी जन्य रोग अन्तरगत रहेर काम अघि बढाएको।

ठुला अस्पताल १३ जना बिरामी रहेको प्रदेशमा सैया अभाव नरहेकोे बताए। उनले स्वस्थ्य सेवाको क्षेत्रमा रहेर स्थानिय तहसंग समन्वय गरि काम निरन्तरता अभियान संञ्चालन गरेको बताए।

उनले सरकारी अस्पतालको तथ्याकमा मन्त्रालय संग रहेको बताउदै निजि क्लिनिकमा उपचार गर्नेहरुको तथ्याक पाउन नसकेको वताए।डा पौडेलले सरकारले ४ वटा रणनीतिहरु तयार गरिकाम गरेको बताउदै नियमीत निगरानी, खोज तलास गर्ने, समयमा नै निदान र अभिमुखिकरण, हरेक पालिका तहमा रोगकारण लामखुट्टेको पहिचान र रोकथामको काम गर्ने रहेको वताए ।

कार्यक्रममा जिल्ला स्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले खोज र नष्ट अभियान पालिकाहरुमा चलाएको बताए । उनले रुपन्देहीमा ७सय डेंगु वाट संक्रमित रहेको बताए ।

स्वास्थ्य सचिव डा विकास देवकोटाले घरभित्रै भएको सफा पानीमा डेगीको लार्भा विकास हुने हुदा यसतर्फ सचेत हुनुपर्ने बताए । यो एउटा भाईरल भएको भन्दै संगै यसमा संक्रमितमा अन्य रोगहरु देखापरेमा स्वस्थ्य समस्या देखिने डा देबकोटाले बताए।

उनले लामखुट्टेको टोकईबाट बच्नुबाहेक अरु उपाय नरहेको वताउदै अस्पतालमा उपचारका लागि तैयारी अवस्थामा राखिएको वताए ।सचिब देबकोटाले बिस्तारै संक्रमण घटेको देखिएपनि अझै २ महिना अवस्था सामान्य नहुने वताए उनले खोज र नष्ट गर्ने काम रोक्न नहुने वताए ।

प्रदेश स्वस्थ्यमन्त्री ईन्द्रजित थारुले सचेतना अभियानलाई निरन्तरता दिएको भन्दै संक्रमण बढेपछि वृहत रोकथामका लागि कार्यक्रम गरिएको बताए। उनले सरकार जिम्मेवार रहेको भन्दै महामारीको अवस्थामा जनताको भुमिका आवश्यक पर्ने मन्त्री थारुले बताए।कार्यक्रमको संञ्चालन स्वास्थ्य तालिम केन्द्रकी बरिष्ठ नर्सिड अधिकृत नेहा थापाले गरेकी थिईन ।

 

सम्बन्धित शिर्षक :