स्वास्थ्यसमाचार/ चीनबाट आज ‘बिहीबार’ आठलाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताउनुभयो । “सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो,…
गुल्मीमा नेपाल रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
सन्तोष महतारा स्वास्थ्यसमाचार/ नेपाल रेडक्रस सोसाइटीले जिल्लाका विभिन्न कार्यालयहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । रेडक्रस केन्द्रीय कार्यालयले रेडक्रस जिल्ला शाखामार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो । उसले एक औपचारिक कार्यक्रमको आयोजना गरी विहीबार सुरक्षा सामग्री विरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले जिल्ला शाखा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे लगत्तै शाखाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । केन्द्रीय समितिमार्फत…
स्वास्थ्य मन्त्रालय र डब्लु.एच.ओ.का प्रतिनिधिहरु तिलोत्तमामा
स्वास्थ्यसमाचार/ कोभिड–१९ महामारी विरुद्ध तिलोत्तमा नगरपालिकाले सञ्चालन गरिरहेका काम, कोरोना विरुद्धको खोप अभियानलगायत नगरपालिकामा भैरहेका स्वास्थ्यसँग सम्बन्धी विषयमा आज संघीय सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का प्रतिनिधिहरुले जानकारी लिएका छन ।। उहाँहरुलाई नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले गरिरहेका स्वास्थ्य सम्बन्धी काम तथा खोप अभियानको बारेमा जानकारी गराउनुभयो । उहाँले पर्याप्त खोप नआउँदा संघीय सरकारले तोकेको समूहले पनि खोप लगाउन नपाएको बताउँदै पर्याप्त खोपको व्यवस्था मिलाउन आग्रह गरे । टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि…
१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप
स्वास्थ्यसमाचार/ कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए। उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए । प्रधानमन्त्री शेरबहादुर…
कोभिशिल्डको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकलाई दोस्रो एष्ट्रेजेनेका लगाईने तयारी
स्वास्थ्यसमाचार/ नेपालमा कोभिशिल्डको पहिलो मात्रा लगाएका करीब १४ लाख ज्येष्ठ नागरिकहरु दोस्रो मात्रा खोपका लागि कुरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ लाख ६७ हजार ६५० जनालाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन पर्नेछ । उनीहरुलाई जापान सरकारले अनुदानमा दिने भनेको एष्ट्रेजेनेकाको १६ लाख डोज नेपाल आएपछि लगाउने तयारी स्वास्थ्य मत्रालयले गरेको छ ।स्रोतका अनुसार ज्येष्ठ नागरिकका लागि कोभिशिल्ड वा उही निर्माण प्रक्रियाबाट विकास गरिएको एष्ट्रेजेनेकाको खोप उपलव्ध गराउन कोभ्याक्सलाई समेत अनुरोध गरिएको छ तर कोभ्याक्सले यसबारे टुंगो नलगाएकाले अब जापानबाट आउने खोपलाई कुरेर बसेको हो । यद्यपी जापानले १६ लाख डोज…
स्वास्थ्य सचिवमा डा रोशन पोखरेल नियुक्त
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएका ३ जना मध्ये डा पोखरेल सचिवमा नियुक्त भएका हुन्। ३ वर्षको लामो अवधिपछि स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरिएको हो । यसअघि प्राविधिकतर्फबाट स्वास्थ्य सचिव भएकी डा पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको जागीर खान गएसँगै स्वास्थ्य मन्त्रालयबाट सो दरवन्दी नै गाएव भएको थियो ।…
नेपालमा पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु
स्वास्थ्यसमाचार /नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन शुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । यहाँ आयोजित कार्यक्रममा आज टिजिङ्गका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन शुरु गरिएको बताउनुभयो । उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए। कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन…
रूपन्देही जिल्लालाई कुष्ठरोगी, मुक्त बनाउने प्रयास अझै सफल भएन
स्वास्थ्यसमाचार / रूपन्देहीमा हाल १ सय ४८ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन्। नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चलेपनि रूपन्देहीमा अझैपनि बिरामीहरू देखिईरहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ। आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यालयका कुष्ठरोग फोकल पर्सन टिकाराम अधिकारीले जिल्लामा कुष्ठरोगीहरूको संख्या घटाउन पहल भइरहेको बताए। कुष्ठरोगमुक्त जिल्ला घोषणा गर्नको लागि प्रतिदशहजार १ भन्दा कम ब्यक्तिमा रोग हुनुपर्ने भएपनि जिल्लामा १/३७ प्रतिदशहजार रहेकोले मुक्त भइनसकेको बताए। द ल्प्रोसी मिसन नेपाल, युकेएड र स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजना एवं पत्रकार महासंघ रूपन्देहीको समन्वयमा पत्रकारहरू लक्षित कुष्ठरोग अभिभुखिकरण कार्यक्रममा बोल्दै उनले सबैभन्दा धेरै…
लुम्बिनी ,भिम ,आम्दा र युसिएमएसमा साउन ४देखी ७ सम्म कोरोनाकोे खोप संञ्चालन हुने
स्वास्थ्यसमाचार /नेपाल सरकारले अत्याबश्यक सेवाको प्राथामिकतामा परेका लक्षित समुहलाई समन्धित कार्यलयको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट सुचि तथा परिचय पत्रका आधारमा रुपन्देहीका चार अस्पतालमा कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने भएको छ । साउन ४ गते देखी ७ गते सम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटबल, भिम अस्पताल भैरहवा, आम्दा अस्पताल बुटबल र युसिएमएस भैरहवामा खोपकेन्द्र तोकेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले ४ गतेदेखी ७ गते सम्म खोप संञ्चालन हुने र उक्त खोप टोकन प्राणलीका आधारमा लगाईने बताए । …