स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले ३/७३ को नारा अघि सारेका हो । साथै उसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । यसका लागि बिमाको दायरा बढाएर १० लाख पुर्याउने समेत उसले बताएको छ । ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने उसले बताएको छ । पाँच वर्षभित्र स्वास्थ्य संस्ता नभएका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
डेंगुबाट बुटवलका पत्रकार टेक मास्की रानाको निधन
स्वास्थ्यसमाचार /दुईृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ। डेंगुसंगै मिर्गौला र जण्डिसको समस्या देखिएको र उपचारको क्रममा मास्कीको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो। उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नु भयो। रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार…
गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए
स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो । बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले…
युवालाई लागूऔषध प्रयोगबाट जोगाउन सामूहिक प्रयास जरुरीः गृहमन्त्री खाँण
स्वास्थ्यसमाचार / गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् ।लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । उनले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए ।पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट…
कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
स्वास्थ्यसमाचार/ नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे। उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ। सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको…
लुम्बिनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी एवं आरोग्य दिवस मनाइयो
स्वास्थ्यसमाचार /प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस लुम्बिनी आयुर्वेद चिकित्सालयमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिको आयोजनामा वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइएको हो।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समिति शिब ज्ञाबलीको अध्यक्षता लुम्बिनी प्रदेश…
राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) रुपन्देहीको भेला सम्पन्न
स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल (RAAN) रुपन्देहीको प्रथम जिल्ला भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्जार्च शालिकराम भुसालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा पुष्पराज पौडेलको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिका वडा ५का वडा अध्यक्ष रमेश डुर्मेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको उदघाटन महाशाखा प्रमुख पौडेलले गर्नु भएको थियो। उक्त भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले बोल्दै आयुर्वेद उपचार पद्धति…
राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल रुपन्देहीको अध्यक्षमा कार्की
स्वास्थ्यसमाचार / राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रुपन्देहीको जिल्ला तदर्थ समिति गठन भएको छ। तदर्थ समितिको अध्यक्षमा दिपक कार्की उपाध्यक्षमा जिवन पोखरेल सचिब मधुप्रसाद पन्थी कोषाध्यक्षमा अनुपा आर्चाय र सदस्यमा यमलाल भुसाल,अम्बिका आर्चाय,प्रान्सु ढकाल मनोज कुमार जोसी र सुनिता राना रहेका छन। भने सल्लाहकारमा समितिको सल्लाहकारमा डा प्रवेश श्रीवास्तव र नारायण सापकोटा रहेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका उपाध्यक्ष शालिकराम भुसालले बताए। प्रथम जिल्ला भेलाको उदघाटन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा पुष्पराज पौडेलले गरेका थिए ।
सर्वोच्च अदालतद्वारा डा भुसालको उम्मेदवारी खारेजीको कारण माग
स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही(२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी खारेजीको कारण माग गरेको छ । चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए । भुसालको मुद्दामा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । उम्मेदवारी खारेज बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिए पनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चले जनाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु…
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
स्वास्थ्यसमाचार/ सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते…

