राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) रुपन्देहीको भेला सम्पन्न

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल (RAAN) रुपन्देहीको प्रथम जिल्ला भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्जार्च शालिकराम भुसालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा पुष्पराज पौडेलको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिका वडा ५का वडा अध्यक्ष रमेश डुर्मेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको उदघाटन महाशाखा प्रमुख पौडेलले गर्नु भएको थियो।

उक्त भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले बोल्दै आयुर्वेद उपचार पद्धति लामो भएपनि राम्रो रहेको बताउनु भयो । उहाले नगरपालिकाले यो आयुर्वेदका कार्यक्रमलाई प्रथामिकता दिएको बताउनु भयो।

तिलोत्तमा नगरपालिका वडा ५का वडा अध्यक्ष रमेश डुर्मेले आयुर्वेदलाई बिद्याल शिक्षालाई बिद्यालय स्तरबाट अघिबढाउने बताउनु भयो । हामीले यो पद्धतिलाई सबै क्षेत्रमा पुराउन सचेतना कार्यक्रम अघि बढाउने बताउनु भयो। उहाले रैथाने खेती र त्यसबाट उत्पादिन औषधि आजको दिनमा पनि स्वस्थ रहेकाले आयुर्वेदिक औषधिको महत्व रहेको वताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि डा पौडेलले मानव सभ्यताको विकासका शुरुका दिनहरुवाटै आयुर्वेदको ठूलो महत्व रहेको बताउनु भयो ।उहाले आयुर्वेदको महत्व र उपयोगितालाई जनमानससमक्ष बुझाउन, नसकिएको बताउदै सबै यो प्रद्धतिको वारे जनचेतना जगाउनु आबश्यक रहेको बताउनु भयो।

उहाले अहिले आयुर्वेदिक उपचार पद्धतिमा ध्यान दिन थालिएको वताउनु भयो यसलाई सकारात्मक नै मान्नुपर्छ। उहाले नेपालमा आयुर्वेदिक जडीबुटीको अपार स्रोत र सम्भावना छ। यसको उपयोग गर्न सकियो भने अर्बौं रकम आयआर्जन गर्न सकिन्छ। हाम्रो ध्यान त्यसतर्फ नभएर विदेशी पाश्चात्य जीवनशैलीप्रति आकर्षण बढिरहेको छ। अहिले मानिसहरुको खानपान, रहनसहन र विषाक्त वातावरणका कारण दीर्घ रोगीहरुको संख्या दिन प्रतिदिन बढिरहेको डा पौडेलले बताउनु भयो।

उहाले स्वस्थ र निरोगी भएर बाँच्नका लागि जीवन जिउने कला सिक्नुपर्छ। त्यसका लागि योग र आयुर्वेदजस्तो प्रभावकारी विधि अर्को कुनै छैन। त्यसैले यससम्बन्धी जागरण घर-घरमा पु¥याउन जरुरी छ। योग र आयुर्वेदको उपयोगिता र महत्व बुझाउने गरी प्राथमिक तहदेखि पाठ्यक्रम बनाउन आवश्यक छ।

बालबालिकाहरुलाई सानै उमेरमा दिइएको शिक्षा बढी प्रभावकारी र बोधगम्य हुने भएकोले त्यसैढंगको शिक्षा दीक्षा दिन जरुरी पौडेलले भन्नु भयो ।यस संस्थाप्रति आफनो धाराणा राख्दै सल्य चिकित्सक डा पौडेलले मणि र दियो आँखामा सानो भएतापनि उनीहरुको महत्व अत्याधिक रहेको बताउनु भयो।

राष्ट्रिय आयुर्वेद एसोसियसन नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्जार्च शालिकराम भुसालले सम्पूर्ण आयुर्वेदकर्मीहरू, चिकित्सक, आयुर्वेद औषधी उत्पादक, आयुर्वेद औषधी ब्यबसायी ,आयुर्वेद स्वास्थ्यकर्मीहरूको साझा फूलबारीका रूपमा स्थापित गर्नका लगि यो संस्थाको स्थापना गरिएको बताउनु भयो।

उहाले संस्थाले आयुर्वेद क्षेत्रकै हक, अधिकारका लागि काम गर्नेछ । संस्थाको मुल नारा ‘अधिकारका लागि एकीकृत आवाज’ रहेको बताउनु भयो। उहाले यो संस्था एक स्वतन्त्र संस्था हो । यहाँ सबैलाई समान व्यवहार गरिनेछ । कुनैपनि प्रकारको विभेद र भेदभावन नगरी सबैप्रति संस्थागत विकासका लागि अग्रणी भूमिका खेल्नेछ । साथै, कुनैपनि राजनैतिक, धार्मिक, जातीय र भेदभाव झल्कने कार्य गरिनेछैन ।

आयुर्वेद सयौँ वर्षदेखि स्वास्थ्यसँग जोडिएर आएको कुरालाई आत्मसाथ गर्दै समग्र आयुर्वेद क्षेत्रको विकासका लागि यस संस्थाले आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै विभिन्न किसिमका जडिबुटीरू अनुसन्धान गर्न प्रोत्साहित गर्ने, प्रशोधनमा प्रोत्साहन गर्ने गरी गुणस्तरीय स्वदेशी आयुर्वेद औषधिको उत्पादन गरी आम नागरिक समक्ष सरल, सुपथ र सहज रूपमा पु¥याउन पहल मुख्य उदेश्यसका साथ संस्था स्थापना गरिएको बताउनु भयो।

कार्यक्रममा स्वागत बरिष्ठ कबिराज धुर्ब भन्डारीले र संञ्चालन बरिष्ठ कबिराज नरहरि अर्यालले गर्नु भएको थियो।

के हो राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल एक अविछिन्न उत्तराधिकारिकवाला संगठित, स्वशासित, गैर नाफामुलक, गैर, राजनीतिक, तथा गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ३२ मा रहेको छ ।

आयुर्वेद क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने आयुर्वेद क्षेत्रकै विकासको लागि राष्ट्रिय स्तरको संघ निर्माण गर्न वान्छनीय भएकाले संस्था दर्ता ऐन २०३४ को अधिनमा रही काठमाडौँ जिल्ला प्रशासनमा कार्यालय बैधानिक रूपमा दर्ता गरी स्थापना गरिएको हो ।यो संस्था मुनाफारहित, जनहितकारी विशुुद्व सामाजिक संस्था हो ।

यसमासम्पूर्ण आयुर्वेदकर्मीहरू, चिकित्सक, आयुर्वेद औषधी उत्पादक, आयुर्वेद स्वास्थ्यकर्मीहरूको साझा फूलबारीका रूपमा स्थापित गर्नका लगि यो संस्थाको स्थापना भएको हो ।यसले समग्र आयुर्वेद व्यवसायी, स्वास्थ्यकर्मी, चिकित्सक र आम आयुर्वेद क्षेत्रको हकहितको लागि संगठित भएर आवाज बुलन्द गर्नेछ समाजकल्याण परिषदमा दर्ता भै बिभिन्न एनजीओ आईएनजिओ संग मिलेर काम गर्न सकिने छ।।

 

 

सम्बन्धित शिर्षक :