स्वास्थ्यसमाचार /दुईृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ। डेंगुसंगै मिर्गौला र जण्डिसको समस्या देखिएको र उपचारको क्रममा मास्कीको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी गराउनु भयो। उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गर्नु भयो।
रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।
स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए ।केही वर्ष अघि श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।
प्रतिकृया दिनुहोस्