लुम्बिनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी एवं आरोग्य दिवस मनाइयो

चिकित्सालयमा ३ महिना भित्र (OPD)सेवा संञ्चालनमा ल्याउछौ :-स्वास्थ्य सचिब देवकोटा

स्वास्थ्यसमाचार /प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस लुम्बिनी आयुर्वेद चिकित्सालयमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिको आयोजनामा वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइएको हो।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समिति शिब ज्ञाबलीको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा बिकास देबकोटाको प्रमुख आतिथ्यता एबं आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा पुष्पराज पौडेल, लुम्बिनी प्रदेश नेफाका अध्यक्ष हेमराज पान्डे ,उपसचिब डा बिजय भुर्तेलको बिशिष्ठ आतित्यता एबं नेपाल आयुर्वेद औषधी प्रदेश तथा जिल्ला कमिटीको समन्वय एबं बिभिन्न आयुर्वेद संघसंस्थाको उपस्थितमा धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती एबं राष्ट्रिय आरोग्य दिवस मनाइएको छ।

उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब डा बिकास देबकोटाकोले लुम्बिनी आयुर्वेद चिकित्सालयमा अन्तरग सेवा संञ्चालनको लागी आएनएम सर्बे गर्ने कार्य अघि बढाईएको र ३ दिन महिनमा संञ्चालन गरिने वताउनु भयो। उहाले कोरोना र डेङ्गुबाट बच्न जडीबुटीबाट बनेका औषधि बढी प्रभावकारी भएको समेत बताउनु भयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा पुष्पराज पौडेलले लुम्बिनी प्रदेशमा आयुर्वेदको अबस्था तथा भावी रणनिति समन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे। लुम्बिनी आयुर्वेद चिकित्सका प्रमुख डा प्रबेश श्रीवास्तवले अन्तररंग सेवा संञ्चालनको लागी आबश्यक प्रकृया स्वास्थ्य मन्त्रालय पठाई सकेको र त्यसको कार्य छिटै पुरा गरिदिन अनुरोध गर्नु भयो ।

उहाले डेङ्गु रकोरोनाकाल पछि आयुर्वेदका औषधिको माग बढेको र बिरामीको पनि चिकित्सालमा चाप रहेको बताउनु भयो। चिकित्सालयका अध्यक्ष शिब ज्ञाबलीले अन्तरग सेवासहित सर्जरी र पंञ्चकर्मका सम्पुर्ण सेवा संञ्चालनमा ल्याउन आतुर रहेको वताउनु भयो।

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल , नेपाल आयुर्वेद औषधि उत्पादन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल का तर्फवाट  लुम्बिनी आयुर्वेद चिकित्सालयलाइ भुसालले धन्वतरी देबिको फोटा सैजन्य गर्नु भयको थियो।

उक्त अबसरमा लुम्बिनी आयुर्वेद चिकित्सालयबाट सेवा निबृत हुनुभएको डा पृतम कुमार शर्मा डा रेबती रमण पौडेल र कबिराज निरीक्षक चेतनाथ आर्चायलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै कदरपत्र प्रदान गरियो। कार्यक्रम संञ्चालन बरिष्ठ कबिराज नरहरी अर्याल (नबिन)ले गर्नु भएको थियो।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :