वासुदेव पोखरेल स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बर्थिङ सेन्टरको उद्घाटन गरे । जैसिथोकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि सदरमुकाम तम्घास वा धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन । आर्थिक बर्ष ०७७/ ७८ मा उक्त स्वास्थ्य चौकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथोकका वडा सदस्य गनेपाल थापाले ,जानकारी दिए । स्वास्थ्य चौकिमा अनमि तारा…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रुपन्देहीमा साउन १ र २ गते ४५ हजारले कोरोना बिरुद्धको खोप लगाए
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा साउन १र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप ४५ हजारले लगाएका छन ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिका र २ अस्पताल गरि ४५ हजारले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू, विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका…
पूर्व मुख्य सचिव पौडेलद्धारा गुल्मी जिल्लाअस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण
सन्तोष महतारा स्वास्थ्यसमाचार / नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल बराबरका ४ सय बोत्तल स्यानिटाइजर र एक थान कन्सनटेटर गुल्मी अस्पताल, जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी समेतका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको पूर्व मुख्य सचिव लिलामणी पौडेलले जानकारी…
लोकसेवाद्धारा स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको परीक्षा तालिका सार्वजनिक
स्वास्थ्यसमाचार/ लोकसेवा आयोगले स्वास्थ्य समूहको खुल्ला तथा बढुवाको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो। आयोगले चौथो तह देखि एघारौँ तहसम्मको खुल्ला तथा बढुवा सम्बन्धी परीक्षा तालिका सार्वजनिक गरेको छ।स्वास्थ्य सेवा, एघारौँ र नवौं तहका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने जनाएको छ । त्यस्तै स्वास्थ्य सेवा, आठौं तह र स्वास्थ्य सेवा, सातौँ तहका लागि कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन गर्ने आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशका ९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट
स्वास्थ्यसमाचार/ संघिय सरकारले लुम्बिनी प्रदेशका ६ वटा थप अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुने भएको छ । ज्येष्ठ ‘नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ अनुसार लुम्बिनी प्रदेशमा थप ६ बटा अस्पतालमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा विस्तार हुन लागेको हो। यो सँगै लुम्बिनी प्रदेशमा ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ९ पुग्नेछ। यसअघि २०७०÷७१ देखि लुम्बिनी प्रदेशका ६ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो। यी अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई निश्चित स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ। ७०…
लुम्बिनी प्रदेशका तिन जिल्लाअस्पतालमा सामाजिक सेवा एकाई थपिँदै
स्वास्थ्यसमाचार /सरकारले आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन परिमार्जन गर्दै लुम्बिनी प्रदेशका ३ अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्न लागेको हो। आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशका ३ वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।, लुम्बिनी प्रदेशका पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल र रोल्पा अस्पतालमा सामाजिक सेवा एकाई सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।यसअघि नेपालमा ४३ वटा अस्पतालहरुमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन भइसकेको छ। यस अघिनै, लुम्बिनी प्रदेशका…
रुपन्देही जिल्लामा जोर विजोर हटाउँदै साउन १५ गतेसम्म निषेधाज्ञा
स्वास्थ्यसमाचार /रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–विजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको आजको बैठकले निशेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–विजोर प्रणाली हटाउने निर्णय गरेको हो । त्यस्तै बैठकले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निशेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परिक्षणको दायारा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कढाइ गर्ने निर्णय पनि गरिएको जानकारी दिए । कोरोना जोखिम हटिसकेको छैन । त्यसलाई मध्येनजर गर्दै परिक्षण बढाउने तथा स्वास्थ्य मापदण्ड पालनामा कढाइ…
रुपन्देहीमा साउन १र २ गते कोरोना विरुद्धको भेरोसेल खोप लगाईने
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले भोली देखी अर्थात साउन १ र २ गते जिल्लाका १६ स्थानिय तह र २ अस्पताललमा कोरोना विरुद्धको भेरोसेल खोप अभियान संञ्चालन गर्ने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार रुपन्देहीमा भोली देखी अर्थात साउन १ र २ गते कोरोना विरुद्धको भेरोसेल खोप अभियान सुरु गरिने बताए । उनले जिल्लाका १६ पालिका लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवामा खोप केन्द्र तोकिएको बताए ।डा गिरीले भने केही समयपछि जोनसन एन्ड जोनसनको ‘जेनसेन’ खोप लगाउने हो अहिले त्यस बारे केहि निर्णय भएको छैन…
१२ देखि १८ बर्षसम्मका बालबालिकाका लागि फाइजर खोप नेपाल ल्याउने तयारी
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार १२ देखि १८ बर्षसम्मका किशोर–किशोरीको लागि लागि अमेरिकन फाइजर खोप नेपालमा ल्याउने तयारी थालिएको हो। ‘हामीले १२ देखि १८ बर्षसम्मका लागि खोप दिनका लागि अमेरिकन खोप ल्याउने तयारी थालेका छौं,’ डा पौडेलले भने जसका लागि कोभ्याक्ससँग प्रस्ताव गरेका छौं।’उनका अनुसार १२ देखि १८ वर्ष उमेरका करिब फाइजरको करिब ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोसन पोखरेले ४० लाख फाइजर खोपका लागि बुक…
उपचारको क्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको मृत्यु
स्वास्थ्यसमाचार/ गुल्मी जिल्लाको एक गाउँपालिका अध्यक्षको निधन भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको हो। आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन्।अध्यक्ष थापा विमारी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए ।थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् ।