सुर्खेतमा जीप दुर्घटना ४ स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

स्वास्थ्यसमाचार/ झुप्राखोला नजिक रत्नराजमार्गमा भएको जीप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरेका छन् ।

मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिकाका सागर शाही, स्वास्थ्य शाखा दैलेखका डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जंग शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र बि।सी रहेका छन् ।

दुर्घटनामा परि सुर्खेत वीरेन्द्रनगरका २७ बर्षिय सागर शाही सवारी चालक हुन् । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा।प। ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार विहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा दैलेख भैरवी गापा– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको छ । घाईतेको उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो।

मृत्यु हुनेमा २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गा।पा।–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही, दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ।

उनीहरु सबै स्वास्थ्यकर्मी हुन्। दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए। सागर भने सवारी चालक हुन्।

त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित शिर्षक :