रुपन्देहीमा छुटेका ५देखी११ बर्षसम्मका लाई कोरोनाको खोप लगाईने

जिल्लाका सबै स्थानिय तहहरुमा माघ १० देखी १४ सम्म खोप संञ्चालन हुने

स्वास्थ्यसमाचार / रुपन्देहीमा ५ देखी ११ बर्षका बालबालिका लाई कोभिड–१९विरुद्धको दोश्रो छुटेका लाई खोप लगाईने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार कोभिड–१९ रोग विरुद्धको खोप ५ देखि ११ वर्ष सम्मका बालबालिकाहरु जसले पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई फाइजर खोपको दोस्रो मात्रा र १८ वर्ष माथीका पहिलो, दोस्रो मात्रा खोप लगाउन छुट भएका तथा मेरोसेल खोपको २ मात्रा लगाई बुस्टर मात्रा लगाउन बाँकी रहेकाहरु लाई सबै पालिकाको तपशिलमा उल्लेखित स्वास्थ्य संस्थाहरुबाट निम्न मिति, स्थान र समयमा कोभिङ–१९ रोग बिरुद्धको खोप लगाईने वताउनु भयो।

उहाले जिल्ला स्वास्थ्य र स्थानिय पालिकाले पनि सुचना जारी गरेको ले खोप नलगाएका लाइ खोप लगाउन आग्रह गर्नु भयो। यस सम्बन्धि विस्तृत जानकारीको लागि सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन पनि खोप अधिकृत शर्माले आग्रह गर्नु भएको छ। सबै पलिकामा माघ १० देखि १४ सम्म खोप लगाउने बताउनु भयो।

सम्बन्धित शिर्षक :