स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् ।

डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ ।

त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय टोलीले विहान प्रभावित क्षेत्रको भ्रमण गरेको थियो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु माननीय सुर्य ढकाल, डा  धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोख्रेल, महानिर्देशक डा दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, उप-निर्देशक  रोशनलाल चौधरीसहित यहाँका राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराउनुभएको थियो । अस्पतालको सेवालाई थप प्रभावकारी, गुणस्तरिय र सुदृढ बनाउने बताउनु भयो।

भेरीको डायलासिस कक्ष उदघाटन गरेपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणमा समेत जाने बताइएको छ ।

सम्बन्धित शिर्षक :