राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ।  प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गर्नु भयो।

उद्घाटन कार्यक्रमा बोल्दै डा पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै उहाले आयुर्वेदको बिकासका लागी पनि महत्वपुर्ण हुने बताउनु भयो।

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। उहाले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्था संग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल संग तरिकाले काम गर्नु पर्ने बताउनु भयो।

भुसालले आयुर्वेदको बिकासका लागी सम्पुर्ण आयुर्वेदकर्मी एकजुट भएर लाग्नुको बिकल्प नभएको बताउनु भयो।यो संस्था निर्देशनले नभई नितिले चल्ने संस्था भएको उपाध्यक्ष भुसालले बताउनु भयो।

लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिका सदस्य दुर्गा गौतम आचार्य राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल नबलपरासी जिल्ला अध्यक्ष दिनबन्धु मिश्र, शिद्ध फर्मुलेशनका संञ्चालक रामचन्द्र पौडेल,स्वास्थ्य कर्मिसमाज लुम्बिनी प्रदेशका उपाध्यक्ष धुर्व भन्डारी, राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्कीको स्वागतमा भएको कार्यक्रममको राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेशका संयोजक नरहरी अर्यालको अध्यक्षतामा र कमल शर्मा चापागाईको संञ्चालनमा सम्पन्न भएको थियो।

दुईजना सम्मानित

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलामा दुईजना लाई सम्मान गरिएको छ। सम्मानित हुनेमा स्वास्थ्य समाचार डट कमका चन्द्रकान्त खनाल र शिद्ध फर्मुलेशनका संञ्चालक रामचन्द्र पौडेललाई दोसल्ला प्रमाण पत्रले सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथी डा पुष्पराज पौडेल रानका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाल र प्रदेश संयोजक नरहरी अर्यालले सम्मान गर्नु भएको हो।

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीमा अर्याल

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल नबिनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

भने ३ जनाकोसल्लाह कार समिति समेत चयन गरेको छ समितिको उपाध्यक्ष दिपक पन्थी,सचिब कमल शर्मा, चापागाई,सह सचिब प्रदीप बैठा,कोषाध्यक्ष रिता ज्ञाबली रहनु भएको छ।

भने सदस्यहरु भुपेन्द्र डीसी,माधब बस्याल दिक्षा भन्डारी जीबन बस्याल डा आबिश्यकार अधिकारी धर्मराज भन्डारी कमल आचार्य डा गोपाल न्यौपाने मनोज राय र थानेश्वर न्यौपाने रहनु भएको छ।


सल्लाहकारमा बरिष्ठ सल्लाहकार चन्द्रकान्त खनाल,प्रकाश ज्ञाबली र डा सन्तोष गौतम लाई चयन गरिएको प्रदेश अध्यक्ष अर्यालले बताउनु भयो।

सम्बन्धित शिर्षक :