लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेमध्ये १० प्रतिशत २० वर्ष मुनिका

स्वास्थ्यसमाचार /नेपालमा हुने जम्मा गर्भवती संख्या मध्ये ५ लाख भन्दा बढी अनिच्छित हुने गरेको देखिएको छ। सुरक्षित गर्भपतन र मिडियाको भुमिका बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो।

सुनौलो परिवार नेपालको सहयोग र हेल्थ टुडेको सहकार्यमा भएको कार्यक्रममा वोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका सुचना अधिकृत भेषराज शर्माले बर्षमा १२ लाखको हाराहारीमा महिलाहरु गर्भवती र मध्ये जसमध्ये ५ लाख ३९ हजार अर्थात ४५ प्रतिशत गर्भ अनिच्छित हुने वताए ।

सरकारी तथ्यांक अनुसार एक चौथाई अर्थात १ लाख २८ हजार अनियोजित जन्म हुन्छ। दुइ तिहाइ अर्थात ३ लाख ५१ हजार गर्भपतन हुन्छ भने बाँकी ६१ हजार आफै खेर जान्छ।

शर्माले भने १५ देखि ४९ बर्षका २५ प्रतिशत विवाहीत महिलाहरुमा परिवार नियोजन सेवाको अपरिपूर्त माग रहेको छ। तथ्यांक अनुसार १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ। सरकारी तथ्यांक अनुसार ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको छ।

शर्माले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए। ‘बिभिन्न स्रोत साधनको कमिका कारण आवश्यक अनुगमन र कारबाही गर्न सकिएको छैन उनले भने, ‘जसले गर्दा सुचिकृत भन्दा बाहिरका स्वास्थ्य सस्थाहरुबाट समेत गर्भपतन गराउने काम भइरहेका छन्।’

नेपालमा कानूनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृमृत्युदर घटाउन महत्त्वपूर्ण योगदान गरेता पनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवाप्रदायक वा गर्भवती महिला आफैंले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेको स्त्री रोग विशेषज्ञ डा सतिश रुपाखेतिले बताए।

उनले भने–दिगो विकासका लक्ष्य २०३० ले महिलाहरुको आफ्नो शरिरमाथिको स्वायत्तता र लैंगिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामाग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैंले निर्णय गर्न सक्ने महिलाहरूको क्षमताको विकाश गर्ने लक्ष्य राखेको छ।’

कार्यक्रममा सहभागीहरुले बजारका हरेक औषधि पसलबाट बिक्रिवितरण भइरहेका गर्भपतन गराउँने औषधिको रोकथाम गर्नुपर्ने बताएका छन्। सरकारले समयमा ध्यान नदिएको खण्डमा यसले भोलिका दिनमा ठुलो दुर्घटना निम्त्याउँछ उनिहरुले भनेका छन्।गत आर्थिक बर्षमा गर्भपतन सेवा उपलब्ध गराएका सुचिकृत स्वास्थ्य संस्थाहरु लुम्बिनी प्रदेशमा १७४ वटा रहेका छन्। सुचिकृत सबै स्वास्थ्य सस्थाबाट निशुल्क सेवा उपलब्ध हुने गरेको शर्माले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ सय स्वास्थ्य सस्था सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँनका लागि सुचिकृत भएका छन्। प्रत्येक बर्ष करिब १ लाख महिलाले सुरक्षित गर्भपतन सेवा लिने गरेको तथ्यांक छ। तर, सरकारको रेडकमा भन्दा बाहिर पनि धेरै हुने गरेको सरकारी अधिकारीहरु बताउँछन्।

लुम्बिनी प्रदेशमा १७ देखि १८ हजारले बर्षमा सुरक्षित गर्भपतन सेवा उपभोग गरिरहेका छन् । यो कुल गर्भवती महिलाको १५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ। २ तिहाइले औषधिद्धारा गर्भपतन गराउँदै आएका छन्। तर, गंभिर विषय भनेको २० वर्ष भन्दा मुनिका ९ दशमलब ६ प्रतिशत महिलाले गर्भपतन गराइरहेका छन्।

सम्बन्धित शिर्षक :