परिवार नियोजन संघ रुपन्देहीको अध्यक्षमा प्रदिप शाक्य निर्वाचित

स्वास्थ्यसमाचार/ नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको अध्यक्षमा  प्रदिप शाक्य निर्वाचित हुनु भएको छ । शाखाको शुक्रबार सम्पन्न ३६ औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयो ।

जसको कोषाध्यक्ष निरजप्रसाद लाकौल तथा सदस्यहरुमा भारती जोशी, सरस्वती अमात्य, सविता शाक्य, डा। सरिता श्रेष्ठ, मोहन बश्याल र अशोक गौतमलाई चयन गरिएको छ । त्यस्तै युवा सदस्यमा बिनी शाक्य, निशा भण्डारी र किरण तिवारीलाई चयन गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव निर्मलप्रसाद लाकौल, पूर्व केन्द्रीय सदस्य ईरादेवी थैव, संघका पूर्व अध्यक्षहरु चिरञ्जीवी जोशी, पुरुषोत्तम बस्याल, बुटवल ५ का वडा अध्यक्ष हरीप्रसाद श्रेष्ठ, ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, १४ का अध्यक्ष दधी न्यौपाने, बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा सचिव बाबुराम पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भारती जोशीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।

सम्बन्धित शिर्षक :