स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ र वृक्षरोपण

स्वास्थ्यसमाचार /बुटवल १२ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ढवाहामा केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा टोलविकास संस्थाका अगुवाले सरसफाइ गर्दै वृहत् वृक्षरोपण गरेका छन् ।

वडाका जनप्रतिनिधि, स्थानीय तथा प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरसफाइ गर्दै विभिन्न फलफुलका बिरुवा रोपिएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए ।

सरसफाइ कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यको संयोजनमा भएको कार्यक्रममा वडा सदस्य गंगादत्त पौडेल, जनस्वास्थ्य अधिकृत मोहन मिश्र, टोल विकास संस्थाका अध्यक्ष नन्दलाल सुवेदी, स्वास्थ्यकर्मी तथा कर्मचारी र महिला स्वयमसेविकाहरुले सामूहिक रुपमा सरसफाइ र वृक्षरोपण गरेका थिए ।

स्वास्थ केन्द्र रहेको खाली परिसरमा झाडी फाँडेर सरसफाइ गर्दै एक सय ५० भन्दा धेरै फलफुलका बिरुवा रोपिएको निरीक्षक आचार्यले जानकारी दिए ।आँप, कटहर, अम्बा, लिची, अनार, कागतीलगायतका विभिन्न प्रजातिका विरुवा परिसरमा रोपिएको छ ।

उक्त केन्द्रमा ओपीडी सेवा, ल्याब, एक्सरे, गर्भवती जाँच, खोप सेवा, आयुर्वेदिक सेवा, सामान्य चिरफारलगायतका प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध छ । जनस्वास्थ्य अधिकृतको नेतृत्वमा यहाँ डाक्टर सहित ८ जना स्वास्थ्यकर्मीले सेवा दिंदै आएका छन् । यहाँ दैनिक ४० जना भन्दा धेरै सेवाग्राहीले सेवा लिंदै आएको जनस्वास्थ्य निरीक्षक सिद्धार्थ आचार्यले जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :