बुटवल रोटरी ई–कल्बद्धारा ‘जथाभावी नथुकौं’ अभियान सुरु

स्वास्थ्यसमाचार / रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ ।थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले वताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको छ । अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पारे । जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास…

तिलोत्तमा मणिग्राममा भोली पुष २५ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने

गोकर्ण प्रकास ज्ञवाली । २०७७ पुष २४ । रुपन्देहीको मणिग्राममा अवस्थित रक्षा आयुर्वेदिक औषधालयले विशेषज्ञ सेवा सहितको एकदिने स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।   भोली पुष २५ गते शनिवारको दिन विहान १० बजेदेखि वेलुका ४ बजेसम्म उक्त शिविर संचालन हुने आयुर्वेदिक औषधालयका संचालक शालिकराम भूसालले जानकारी दिए । शिविरमा पाईल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा, बाथ, दम साथै पेट सम्वन्धी, महिला सम्वन्धी, छाला सम्वन्धी र शारिरीक मानसिक सबै रोगको उपचार गरिने पनि भूसालले बताए । उक्त दिन प्याथोलोजी सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको भूसालले जानकारी गराएका छन् ।…

रुपन्देहीकाऔषधी ब्यवसायीको गुनासो

स्वास्थ्यसमाचार /नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको खुद्रा भेला सम्पन्न भएको छ । रुपन्देहीका ४ स्थानमा भएको अन्तकृर्यापछि बुटबलमा भएको भेलामा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक,र भैरहवा क्षेत्रमा भारतिय औषधी लगायतको समस्या देखिएको वताएका छन। भेलामा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसंगै ब्यवसायीहरु आन्तरिक ब्यवस्थापनमा जोड दिन सुझाव दिए । खुला सिमाका कारण भारतिय औषधीको दबदबा बजारमा रहेको उनले बताए । यसैगरि होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने खरेलले बताए। उनले खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति…

लुम्बिनी प्रदेशमा ४१ आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई परिपत्र

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ। मन्त्रालयले अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाका सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनौट गरी जिल्ला समन्वय समितिको सिफारिस सहित फागुन मसान्तसम्म मन्त्रालयको पठाउन समेत बिहीबार परिपत्र गरेको हो।जस अन्तगत लुम्बिनी प्रदेशका पाल्पा प्युठान र पाल्पामा १० सैयाको र अन्य जिल्लामा १५ सैयाको आधारभुत अस्पताल बनाउनको लागी स्थानिय निकायलाई परिपत्र गरेको छ । अस्पतालको स्तरोन्नति हुने स्वास्थ्य संस्था छनौट गरी स्थानीय तहमा अगामी आर्थिक वर्ष…

मर्निङवाक केही दिनका लागि रोकौं स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ। केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो । ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘घर बाहिर ननिस्कौं निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गरौं।’ मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउनसमेत भनेको छ ।सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि…

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं :डा पान्डे

डा रबिन्द्र पान्डे / बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भैइरहन्छ त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो । पुरानो कोरोना भाइरसभन्दा यो ७० % बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० % बढी सर्न सक्दछ बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ ।यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा…

नेपाल नियमित रक्तदाता संघको कार्यक्रमा ७५ युनिट रगत संकलन

स्वास्थ्यसमाचार /नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले नियमित रक्तदान कार्यक्रम ७५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा बोल्नेहरुले रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै मानवीय कार्यमा अघि बढेको सस्थाले गरेको सेवाले धेरैको जिवन बाचेकोले यस्तो सामाजिक कार्यलाई निरन्त्रता दिन आग्रह गरका थिए । विगत समयदेखि नियमित रुपमा हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान र आवश्यक पर्दा आकस्मिक रुपमा रक्तदान गर्दै रगत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको वक्ताहरुले जोड दिएका थिए । स्वर्गीय सरोज सिलवाल बन्धिले बि.स.२०६१ सालमा स्थापना गरेको यस सस्थाले गत असार बाट हालसम्म २ हजार युनिट बढी…

पुष २० गते भैरहवामा रक्तदान कार्यक्रम आयोजना हुने

गोकर्ण प्रकास ज्ञवाली, पुष १५, रुपन्देही । आगामी पुष २० गते नेपाल स्वंयसेवी रक्तदाता समाज, ओमसतिया शाखा रुपन्देहीले भैरहवामा विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको  जनाएको छ । नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य हरिप्रसाद ज्ञवालीले आफ्नो संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न हुने जानकारी गराएका छन् । ज्ञवालीले यस अघि आफ्नै संयोजकत्वमा बुटवलमा आयोजित समाजको ९३औं रक्तदान कार्यक्रममा १ सय ३५ युनिट रगत संकलन गर्न सफल भएको पनि बताए । ज्ञवालीले भैरहवामा आयोजना हुने कार्यक्रमको प्रायोजन भैरहवाका एक मेडिकल व्यावसायी सुरज उपाध्यायले गर्ने पनि बताए । उपाध्यायले आफ्नो जन्मदिन विशेष पारेर कर्याक्रमको…

दुई लाख उपचार खर्च तिर्न नसकेपछि गुल्मीका युवाअस्पतालमै अलपत्र

सन्तोष महतारा गुल्मी १४ पुष  गुल्मीको रेसुंगा नगरपालिका २ का १६ बर्षीय सुनिल विक आर्थीक अभावमा अस्पतालमा बन्धक भएका छन् । १० दिन उपचारपछि अस्पतालले डिस्चार्ज गरेपनी गरेको तीन लाख १५ हजार तिर्ने उपाय नभएपछि बिरामी मजदुर विक अस्पतालमा बन्धक भएको उनका बुबा सहबिर बिकले जानकारी दिए । दुर्घटनामा परेका बिक तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर राति फर्कने बेला रेसुंगा नगरपालिका १३ मा गत पुस ३ गते दुर्घटनामा परेका हुन् । उनलाई ढाँडमा गम्भीर चोट भएपछि उपचारको लागि सोहि दिन पाल्पाको लुम्बिनी…

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ,भानुभक्त ढकाललाई पर्यटन

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार साँझ उनले मन्त्रिपरिषद्‌मा केही नयाँ मन्त्रीहरु थपेका हुन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मन्त्रालय परिवर्तन गरिएको छ। उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेका छन् । कोरोना महामारी सुरु भएसँगै त्यससँग जुध्न सही रणनीति बनाउन नसकेको भन्दै आलोचना खेपेका उनी स्वास्थ्य सामग्री खरिद प्रक्रिया भएको भनिएको अनियमिततामा मुछिएका छन्। पुनर्गठित मन्त्रिपरिषद्‌मा हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए।