स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ मानपकडी स्थित रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका कार्यपालिका, यूनिभर्सल मेडिकल कलेज भैरहवा जिल्ला औषधि व्यवसायी संघ, रूपन्देही सहयोगमा शुद्धोधन वडा नः ५ मानपकडी स्वास्थ्य चौकीमा समारोहबीच सम्पन्न भएको छ।
रूपन्देही विकास मञ्चले शुद्धोधन गाउँपालिका भित्र रहेका स्थानीयहरुको हितका लागि जनरल फिजिसियन,स्त्री रोग विशेषज्ञ,छाला रोग बिशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मनोरोग विशेषज्ञ नाक, कान, घाटी रोग बिशेषज्ञहरुको टोलीबाट स्वास्थ्य प्रशिक्षण गरिएको थियो।
३ सयभन्दा बढी सेवाग्राहीले सेवा प्रदान गरिएको र यश रुपन्देही विकास मञ्च तिलोत्तमा ५ रुपन्देहीले जिल्लाका विभिन्न नगरपालिका र गाउँपलिकामा स्वास्थ्य, विभिन्न वातावरण सरसफाइ जनचेतनामूलक कार्यक्रम गरिने भएको ले विभिन्न कार्यक्रमको सुरुवात शुद्धोधन गाउँपालिका बाट गरिएको रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले जनतालाई स्वास्थयमा जागरुक बनाउने उद्धेश्यले विभिन्न सामाजिक संघ संस्थाहरुसाग समन्वय गरी शुद्धोधन गाउँपालिका का स्थानीयवासी हरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको र निशुल्क स्वास्थ्य शिविरको पहल एवं सहजीकरण गर्नुहुने रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरी र मञ्चका सबै पदाअधिकारी हरुलाई बस्यालले धन्यवाद दिनुभएको थियो।
युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालका डा सुधन देवकोटा लगायत १४ जना विभिन्न रोगका विशेषज्ञहरुको उपस्थित रहेको थियोे।उक्त शिविरमा औषधि समेत निशुल्क रुपमा बितरण गरिएको थियो।
रुपन्देही विकास मञ्चका अध्यक्ष पुष्पा चौधरीको अध्यक्षतामा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा पालिकाका विभिन्न संघसंस्थाका प्रतिनिधि,राजनीति दलका प्रतिनिधि र स्थानीयवासीहरु लगायतको उपस्थिति रहेको थियो।
प्रतिकया दिनुहोस्