तिलोत्तमामा विद्यालय वरिपरी सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालय आसपास र सार्वजनिक क्षेत्रमा सूर्तिजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय गर्यो भने बिहीबार हरेक शुक्रबार विद्यालय जाने बालबालिकाले किताब बोक्नु नपर्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थल वरपर सूर्तीजन्य पदार्थको बिक्री वितरण र सेवन गरेको भेटिए कारबाही गरिने निर्णय भएपछि यसको पक्षमा आवाज उठाइरहेकाहरु उत्साहित भएका छन् । नगर प्रमुख रामकृष्ण खाँणले शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशालालगायत सार्वजनिक स्थल आसपासमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको बताए ।

‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को व्यवस्थाबमोजिम कसैले पनि शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, धर्मशाला तथा धार्मिक स्थललगायत सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्रको घर पसलबाट सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न नपाइने व्यवस्था छ ।’

नगर प्रमुख खाँणद्वारा जारी विजप्तीमा उल्लेख छ । सूचनामा भनिएको छ, ‘कोही कसैले उल्लिखित सार्वजनिक स्थल वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाहीको लागि सम्बन्धित निकायमा पठाइने व्यहोरा जानकारी गराइन्छ ।’यसअघि तिलोत्तमा नगरपालिकाले नगरभित्र गुट्खाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउँदै अटेर गरे ५० हजार रुपैयाँसम्म जरिवाना हुने जनाएको थियो ।

यसैगरी नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो ।

तिलोत्तमा नगरपालिकाले एक सूचना जारी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।

‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाको आव २०८०र८१ को लागि प्रस्तुत एवम् स्वीकृत गरीएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवारलाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख भएको छ ।

साथै नगर प्रमुख नगर उपप्रमुख तथा विषयगत समितका संयोजकहरुको उपस्थितिमा नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रअहरुको बैठकबाट यस कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्नु गराउनुहुन सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।’सूचनामा भनिएको छ ।

 

सम्बन्धित शिर्षक :