राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?

यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। यौन समस्याबारे खुल्दुली हरेक मनमा आउछन र त्यसबारे खुलेर बाहिर कुरा गर्न अठ्यारो लाग्नु पनी स्वभाविक हो |
प्रायजसो किशोर अवस्थाको उमेरमा  निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुखको पनी अनुभूति गर्नसक्छन।
निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emissions जस्ता शब्दहरूको प्रयोग गरिन्छ।
सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन हुन थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ। अर्कातिर यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वभाविक नै हो।
हस्तमैथुन वा यौन सम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा स्वप्नदोष भएर वीर्य स्खलन हुन पुग्छ। यौन तनावलाई शान्त पार्न तपाईंको प्रयास वा भनौं क्रियाकलाप पर्याप्त नभएको हुन सक्छ। तपाईंले हस्तमैथुन गर्न बन्द गर्नुभएकाले यौन तनाव कम गर्न प्रकृतिले नै मिलाइदिएको यो एउटा स्वभाविक प्रक्रिया हो। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। पीर मान्नुपर्ने कुरा छैन।

सम्बन्धित शिर्षक :