बर्दियामा विषालु च्याउ खाँदा ६ जना विरामी

स्वास्थ्यसमाचार/विषालु च्याउ खाँदा बर्दियामा ६ जना विरामी भएका छन् ।बर्दियाको गुलरिया नगरपालिका(१० रत्नापुरका ६ जना घर नजिकै रहेको बगैंचाबाट ल्याएको विषालु च्याउ खाँदा विरामी भएका हुन् ।

राम नरेश रैदासले गाँउ नजिकै रहेको आँपको बगैचा बाट च्याउ टिपेर ल्याएका थिए । सो च्याउ सत्रुधन रैदासको घरमा पकायर खाएपछि ६ जना विरामी भएका थिए । विरामी सवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाप्रहरी कार्यालय बर्दियाकाअनुसार विषालु च्याउ खाँदा शत्रुधन रैदास, गुलरिया ११ का सन्दिप रैदास, सुन्दरी रैदास, गुलरिया ४ का श्रृया कुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया ७ का निशा कुमारी रैदास विरामी भएका थिए ।

विहिवार उपचारका लागि भर्ना भएका विरामीको शुक्रवार विहान डिस्चार्ज गरिएको थियो ।

सम्बन्धित शिर्षक :