शुद्धोधनमा स्वास्थ्यको वार्षिक समीक्षा: शिशै स्वास्थ्य संस्था उत्कृष्ट

स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकामा स्वास्थ्यको वार्षिक समिक्षा गोष्ठी सम्पन्न सम्पन्न भएको छ।  आ.व. २०७९/८०वार्षिक समिक्षा गोष्ठीमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले वोल्दै स्वास्थ्य सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतमा गम्भीर समिक्षा गर्नुपर्ने वताउनु भयो।

उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने वताउनु भयो।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकलपोर्सन हिमाल खनालले बार्षिक समिक्षाले आगामी कार्ययोजनामा भएको गतिविधिमा ध्यानाकर्षण गरि वार्षिक योजना हरु लाई प्रष्ट हुने गरि प्रकाशित गर्नुपर्नेमा वताउनु भयो।

स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बार्षिक समिक्षा गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै त्रुटीहरु सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने, वताउनु भयो।

२०७९/८० मा स्वास्थ्य संस्थातर्फको वार्षिक कार्यक्रम सञ्चालन तथा सम्पादनमा लक्ष्य अनुसारको प्रगतिको आधारमा मूल्याङ्कन गर्दा शिशै स्वास्थ्य संस्था उत्कृष्ट ठहरिएकोले उक्त कार्यको उच्च मुल्याँङ्कन गरि सम्मान गरिएको छ।

७ वटै वडाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा समिक्षा कार्यक्रम भएको थियो।

सम्बन्धित शिर्षक :