लुम्बिनी प्रादेशिक अस्पतालमा ५सयले लिए लैङ्गिक हिंसासम्बन्धी सेवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पान्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् ।

आज लुम्बिनी प्रादेशिक अस्पतालमा (ओसीएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समिक्षामा अघिल्लो बर्ष भन्दा यस बर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रलाई स्थानिय तहमा सहकार्य गरेर फराकिलो बनाएर जानु पर्ने बताउनु भयो ।

जसले गर्दा जुन पालिकामा हिंसाबाट प्रभावित भएको छ त्यो पालिका संग सहकार्य गरेर जाँदा सहज हुने वताउनु भयो। उहाले समाजमा किन यस्ता घटना घटछन कारण के हो कसरी न्युनियकरण गर्नको सकिन्छ उपाय खोज्नु पर्ने वताउनु भयो।

उहाले उहाँबाट सेवा लिएर समाजमा पुनस्थापना गरेको अवस्थाको जानकारी समेत ल्याउनु पर्ने बताउनु भयो। प्रमुख जिल्ला अधिकारी पान्डेले ओसीएमसीमा आएका केसहरु प्रहरीलाई जानकारी गराउनु पर्ने बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा शुदर्शन थापाले अस्पतालले आएका हिंसा पिडीतलाई अस्पतालले चौविसैघटा सेवा दिएको बताउनु भयो। उहाले यस्ता घटनालाई कम गर्न सबैको सहयोग जरुरी रहेको बताउनु भयो।

जिल्ला प्रहरी प्रमुख भरत बहादुर वि.क ले समाजमा दैनिक सुसाईट गर्नेको संख्या वढेकोले के कारणले समाजमा यस्ता घटना भैरहेका छन अनुसन्धान गर्नु पर्ने वताउनु भयो । उहाले अनुसन्धानमा सबैपक्षको सहयोग आबश्यक रहने वताउनु भयो।

ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख दान बहादुर थापाले अस्पतालमा आउने बलत्कारका घटना स्थानिय प्रहरीकोमा जानकारी गराउन आग्रह गर्नु भयो । उहाले ईलाका प्रहरी कार्यलय बुटवलमा एक बर्षमा २७ वटा जर्बजस्तीकरणी र ६ बटा वाल यौन दुर्व्यबहारका उजुरी आएको वताउनु भयो।

कार्यक्रममा ओसीएमसीका सदस्यहरु तथा अस्पतालका शाखा अधिकृत अस्पतालका मेट्रोन नासु लागाएत सहभागी कार्यक्रममा ओसीएमसी फोकल पर्सन कान्ति पाण्डेले गत वर्षको बजेटको खर्च र आगामी बर्षको बजेटको वारे जानकारी गराउनु भयो ।

उहाँले अस्पतालमा ओसीएमसीवाट चौबिसै घण्टा निःशुल्क स्वास्थ्य सेवा, खाना, छाना र नाना सहितको आधारभूत सेवा उपलब्ध गराउँदै आएको वताउनु भयो ।पान्डेले यस बर्ष ५सय ४ जनाले सेवा लिएको बताउनु भयो।

केहो ओसिएमसी

लैगिंक हिंसाबाट प्रभावित महिला, बालवालिका तथा पुरुषहरुलाई एकिकृत रुपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पूर्नरस्थापना, जीविको पार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरुमा स्थापनागरिएको (संयन्त्रहो) संकट व्यवस्थापन केन्द्र हो ।

ओसिएमसी सेवाका लागि वलात्कार, यौनजन्य दुर्व्यवहार, शारिरीक दुर्व्यवहार, जवरजस्ती बाल विवाह, स्रोत साधन र अधिकारबाट बञ्चित, मानसिक दुर्व्यवहार, परम्परागत रुढीबादी परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएका व्यक्तिहरु सेवा लिनआउने गर्दछन् ।

ओसिएमसी सेवा केन्द्रमा हिंसा पीडित वा प्रभावितको स्वास्थ्य सम्बन्धी विवरण संकलन, परीक्षण, उपचार, अभिलेखिकरण गर्ने, शारिरीक चोटपटकको उपचार तथा चिकित्साजन्य जाँचगर्ने, कानूनी प्रमाणका लागि विधिविज्ञान (फसेन्सिकइग्जामिनेशन)तथा चिकित्सा सम्बन्धी कानूनी (मेडिकोलिगल) परीक्षण गर्ने गराउने, कानूनी प्रमाणका लागि आवश्यक पर्ने नमूनाको संकलन एवं संरक्षण गर्ने, गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा उपलब्ध गराउने, सुरक्षित गर्भपतन सेवा प्रदान गरिन्छ ।

त्यस्तै गरी सुरक्षा, कानूनी उपचार तथा आश्रय र पुर्नस्थानाको लागि व्यवस्था मिलाउने, यौनजन्य संक्रमणको उपचार गर्ने, एचआईभी जाँच तथा परामर्श सेवा उपलब्ध गराउने, हेपाटाइटिस बीबाट बचावट गर्ने, प्रभावितलाई मानसिक स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श सेवाप्रदान गर्ने, लैङ्गिक हिंसा पीडित वा प्रभावितहरुको पहिचान तथा उपचारका लागि तयार गरिएको क्लिनीकल प्रोटोकल अनुसार सेवा उपलब्ध गराउने, आवश्यकता अनुसारको प्रेषण तथा अन्य सेवा उपलब्ध गराउने जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र भैरहवाको भिम अस्पतालमा रहेको छ।

 

सम्बन्धित शिर्षक :