काज फिर्ता गरिएका स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानमा काजमा खटाइएका चिकित्सक स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा फिर्ता गर्ने मन्त्रालयले निर्देशन दिएको थियो ।

गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी र काज फिर्ता गर्न निर्देशन दिँदै असार २५ गते मन्त्रालयले पत्राचार गरेको थियो । काज फिर्ताको निर्णय कार्यान्वयनको अवस्था कस्तो छ भनी काज फिर्ता गरिएका चिकित्सक, स्वास्थ्यकर्मीको विवरण मन्त्रालयले मागेको हो ।

काज फिर्ताको विवरण ३ दिनभित्र पठाउन उर्दी जारी गरिएको छ ।

सम्बन्धित शिर्षक :