क्षयरोग तथ्याङ्क व्यवस्थापनमा मिमको लुम्बिनी ‘ट्रिक’ नेपालभर

स्वास्थ्यसमाचार/रुपन्देही कुनै बेला रुपन्देही सहित प्रदेशमा क्षयरोग(टिबी)का विरामीहरुको अवस्था के छ ? उनीहरुको तथ्याङ्क के हो, भन्ने विषयमा एकिन तथ्यांक थिएन । जसको कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए ।

जव लुम्बिनी प्रदेश सहित कर्णली र सुदुरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्डेनको तर्फबाट बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहको आगमन भयो तर उनले प्रदेशका तथ्याङ्क व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गरको छन् ।तथ्यांक व्यवस्थापनको लागी डाटा म्यानेजमेन्ट कमिटी गठन गरी उनले सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गरेका छन् ।

जसको कारण अहिले प्रदेशमा क्षयरोग सम्बन्धी समस्या भएका विरामीहरुको एकिन तथ्याङ्क प्राप्त भएको छ ।टिबी रोग बारेमा जानकारी भएपनि सरकारी निकाय, अस्पतालहरुमा यसको फोकल पर्स तोक्ने परिपाटी नै थिएन । यो विषयमा उनले पटक पटक लविङ्ग गरेपछि अहिले भने प्रत्येक स्वाथ्य सम्बन्धी निकायमा फोकल पर्सन समेत तोकीएका छन् ।

रुपन्देहीबाट सुरु भएको डाटा म्यानेजमेन्ट कमिटीले अहिले देशभर नै विस्तार भएको छ । पालिकामा भएको टिबी सम्बन्धी समस्या भएका विरामीहरुको अवस्थाको विषयमा सफ्टवेयर मार्फत नै जानकारी केन्द्र सम्म प्रवाह हुन्छ । उनीहरुले अवस्था, टिबीको प्रकार, सेवन गरिहेको औषधी, समय अवधी लगायत सबै विवरण प्राप्त हुँदा उपचारमा समेत सहजता भएको सम्बन्धीत चिकित्सकहरु बताउँछन् ।

डाटा म्यानेजमेन्ट कमिटि सबै पालिकामा गठन भए पश्चात यसले पालिकाको सबै गतिविधिहरु केन्द्रमा पठाउँछ, जसले जिल्लागत, प्रदेशगत तथ्यांकहरु सकलन गर्न, योजना बनाउनको लागि मत्पूर्ण भुमिका निर्वाह गरेको छ ।

रुपन्देहीबाट सुरुवात भएको डाटा म्यानेजमेन्ट कमिटी विस्तार भई हाल संघीय तहमा समेत स्थापना भएको छ । केन्द्रीय सल्लाहकार कमिटी गठन भएको छ । जसको कारण कपिलवस्तु जिल्लाका १० वटा पालिकामा यसको सबैभन्दा बढि राम्रो प्रभाव परेको बरिष्ठ कार्यक्रम अधिकृत मिम बहादुर सिंह बताउँछन् ।

उनका अनुसार पहिला अनुमान गरिएको तथ्याङ्क भन्दा बास्तविक तथ्याङ्क आएको छ भने केस समेत नयाँ पत्ता लाग्ने दर समेत बृद्धि भएको छ ।निजी अस्पतालमा आउने विरामीहरुको समेत परिक्षण गरी सोही अनुसारको डाटा म्यानेजमेन्ट नेटवर्कमा जडान गरिएको कारण अहिले निजी क्षेत्रबाट समेत क्षयरोगका विरामीहरुको अवस्थ बारेमा विवरण आउन थालेको छ ।

१५ वटा सरकारी अस्पताल र १२ वटा निजी अस्पताल तथा स्वाथ्य संस्थाहरुमा टेक्नीकल नेटवर्क गठन गरिएको छ । जसको नियमित रुपमा बैठक तथा छलफल समेत हुने गर्दछन् ।जसकाट पनि डाटामा सुधार आएको हो ।

अघिल्लो बर्ष मात्रै ८ हजार ८५ जना नयाँ केश पत्ता लागेको छ । प्रति लाख मा १ ५७ जना क्षयरोगी भएको केन्द्रीय तथ्याङ्क छ । यसले पहिचान गर्नको लागि सबैभन्दा ठुलो भुमिका निर्वाह गरेको छ ।

स्वास्थ्य निर्देशनालय लुम्बिनीका टिभी,एचआईभी फोकल पर्सन राम प्रसाद भट्राई भन्दछन सेभ द चिल्डेनका मिम बहादुर सिह आएपछि डाटा म्यानेजमेन्ट राम्रो भएको छ। उहाहरुको धेरै कुरामा सपोट छ टिभी एचआईभी मलेरीया लगायका क्षेत्रमा राम्रो सहयोग पाएको छौ जस्ले गर्दा तथ्याङ्क जिरो प्रतिशत ईरर  आएको छ।

 

 

सम्बन्धित शिर्षक :