लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५१जना स्टाफ नर्सलाई स्वागत

स्वास्थ्यसमाचार /प्रदेश लोकसेवा आयोगबाट लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ५१ जना नर्सलाई स्वागत गरिएको छ।

लामो समय देखी दरबन्दी रहेको तर नर्स अभाब भैरहेको बेला प्रदेश लोकसेवा आयोगले अस्पतालबाट मागको आधारमा नर्सहरुलाई अस्पतालमा पठाएको हो।

स्थायी रुपमा सिफारिसलीइ नवनियुक्त (स्टाफ) नर्सलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री अस्पताल प्रशासकिय अधिकृत राजन केसी नर्सिङ्ग प्रमुख ज्योति पौडेल ले उनीहरुलाई स्वागत गर्नु भएको छ।

स्वागत कार्यक्रमा बोल्दै मेसु डा थापाले नर्सिङ्ग पेसा सेवा भएकोले मुस्कान सहितको सेवा दिन नब प्रबेशीलाई आग्रह गर्नु भयो।

अस्पतालका नर्सिङ्ग प्रमुख ज्योति पौडेलले लामो समय देखी स्टाव अभाबमा समस्या रहेको र अब त्यो समस्या समाधान भएको बताउनु भयो उहाले अस्पतालको क्षेमता भन्दा बढी बिरामीको आउने भएकोले नर्सिडलाई बढी चाप हुने बताउनु भयो ।स्वागत कार्यक्रममा अस्पतालका नर्सिड बिभाग प्रमुख अन्य स्वास्थ्यकर्मीहरु सहभागीता रहेको थियो।

 

 

 

सम्बन्धित शिर्षक :