दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।

पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । यो विषयमा बुधबार भालुवाङमा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांकमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्याङक छ ।

यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीले बताए । उनले पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन भएको बताए ।

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । त्यस पछि हेलेन केयर इन्टरेशनलले कार्यक्रम गर्नेगरी सुभारम्भ गरेको हो । प्रदेशको कुपोषण प्रतिसत घटाउने गरि कार्यक्रम केन्द्रित हुनेगरी कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक राज मण्डलले बताए ।

लुम्बिनीका चार जिल्लामा कुपोषित बालबालिका धेरै भएको हुँदा बालबालिका र महिलाको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिनेछ । कार्यक्रमको लक्ष्य कुपोषण रहित प्रदेश बनाउने रहेको छ ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले कुपोषण न्यूनीकरणमा सबै लाग्नुपर्ने बताएका छन् । उनीहरुले लुम्बिनीको तराईका जिल्लाहरुमा कुपोषण बढी देखिएको छ ।

सम्बन्धित शिर्षक :