स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो । त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् ।
यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि देखि सकिएको थियो ।प्रा डा भुसालले आफूले आज स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेको बताए । उनले मंगलबार काउन्सिल पुगेर पदवहाली गर्ने बताए ।
प्रतिकया दिनुहोस्