स्वास्थ्य सेवा विभाग अन्तर्गतका ८५१ जना अनमी र अहेवको स्तरवृद्धि

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ।

विभागको सूचनामा उल्लेख भए अनुसार सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् सिनियर ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमीको स्तरवृद्धि भएको छ।

२ सय ५४ जनाको अनमीबाट सिनियर अनमी अर्थात् सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ। यस्तै ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी गरी आठ सय ५१ जनाको स्तरवृद्धि भएको छ।

ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट लगायतको ५ सय ९७ जनाको सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ।स्तरवृद्धि विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्

सम्बन्धित शिर्षक :