एचआईभी संक्रमितहरुले मागे ‘राज्यसंग अभिभावकत्व’

स्वास्थ्यसमाचार/३६ औ अन्तरष्ट्रिय एड्स दिवस ‘समुदायको नेतृत्वमा एचआईभी एड्स नियन्त्रण गरौ’ भन्ने नारा सहित मनाइदै छ । एचआइभी संक्रमितहरुको राष्ट्रिय महासंघ केन्द्रिय कार्यालको सहयोग र लुम्बिनी प्रदेशको सहकार्यका बुटवलमा भएको सरोकारवालाहरुको छलफलमा एचआईभी संकमितहरुले सरकारले संकमितहरुको अभिभावको रुपमा भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले एचआईभी संक्रमितहरुले समुदायमा अझै पनि अस्तित्व स्वीकर नगरेको अवस्थामा उनीहरले सरकार संग सहज रुपमा जिउने वातावारण सहित , शिक्षा, स्वाथ्य रोजगारको प्रबन्धनको माग गरेका हुन ।रुपन्देहीको ओमसतियाकी ५० वर्षकी मिनाकुमारी केवटले पहिलाका श्रीमान एचआईभीबाट निधन भएपछि दोस्रो श्रीमान संग जाँदा आफु र छोरा समेत संक्रमित भएको त र हाल सम्म पनि नगारिकता नभएको गुनासो गरिन् ।

जसको कारण स्वाथ्य उपचार लगायतको आधारभुत प्रशासनीक काममा समेत समस्या भएको उनको गुनासो थियो ।त्यसै गरी २० वर्ष देखि रुपन्देहीको ठुटीपिललमा बस्दै आएका कृष्णकुमार लामिछाने(नामपरिर्वतन) को पनि समस्या उस्तै छ । एचआईभी संक्रमित उनले परिवारको कुनै पनि टुंगो नलागेको कारण नागरिकता बनाउन समस्या रहेको छ ।

सरोकारवालाहरुको छलफलमा कोशिष भट्टराई (नाम परिर्वतन) ले आफु युवा अवस्थामा नै एचआईभी संक्रमित भएको त र कुनै पनि रोजगार वा बैदेशिक रोजगारमा पनि जान नपाउने अवस्था भएको कारण एचआईभी संक्रमित युवाहरुको लागि सरकारी निकाय, स्थानीय सरकार, प्रदेश सरकारले नियमित रुपमा भत्ता सहित निःशुल्क शैक्षिक वातावरणको लागि पहल गर्नुपर्ने आवाज उठाए ।

३६ औ विश्व औ एड्स दिवस अवसर पारेर बुटवलमा आयोजना भएको छलफल कार्यक्रममा बोल्दै एचआइभी संक्रमितहरुको राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक अर्जुन ज्ञवालीले भैरहवामा १६ जना संक्रमित बालबालिका पोषण प्रदान गर्ने, कञ्चन गाँउपालिका र देवदह नगरपालिकामा अन्तरक्रिया लगायतका कार्यक्रम गरेर दिवस मनाउने जानकारी दिए ।

कार्यक्रममा बोल्दै फिल्ड कर्मचारी रामरतन मालीले समाजमा एचआइभी संक्रमितलाई हेर्ने नजर अझै पनि सकारात्म हुन नसकेको बताए । उनले विद्यालयमा पनि संक्रमित बालबालिकालाई दुव्यवहार गर्ने साना बच्चाको जन्मदर्ता र युवाको नागरिता बनाउन समेत समस्या हुने गरेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआइभी फोकल व्यतिm भीमप्रसाद ज्ञवालीले संकमित व्यतिmहरुलाई समुदायमा स्थापित गर्न सबैको पहल जरुरी रहेको बताउँदै यसको लागि सबै तहका सरकारले विशेष भुमिका खेल्नुपर्ने बताएका थिए ।

 

 

सम्बन्धित शिर्षक :