स्वास्थ्यसमाचार सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३)देखि नै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
थर्मल गन कालोबजारीमा मुछिएका सुलभ सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
स्वास्थ्यसमाचार/ शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले बयानका लागि नियन्त्रणमा लिएको बताउँदै उहाँमाथि हाल अनुसन्धान जारी रहेको जनाएको छ । सोही क्रममा उहाँलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि २०७६ सालमा पनि सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गर्न खोजेको आरोपमा पक्राउ पर्नुभएको थियो । पछि विभागले उहाँलाई तारेखमा रिहा गरेको थियो । यसैबीच, सोही दिन शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल समेत पक्राउ पर्नुभएको थियो । व्यापारी दीपक भट्ट पक्राउ परेपछि उहाँसँग…
अस्पतालबाट नीतिको टेबलसम्मः नर्स नेतृत्वले बदल्छ स्वास्थ्य प्रणाली?
“बिरामीको पीडा हामीले नजिकबाट देखेका छौँ, तर हाम्रो आवाज नीतिमा पुग्दैन।” एक सरकारी अस्पतालमा कार्यरत नर्सको यो भनाइ अहिले नेपालको स्वास्थ्य क्षेत्रको यथार्थ चित्र बनेको छ। सेवा प्रवाहको पहिलो पंक्तिमा रहेर दिनरात खटिने नर्सहरूको नेतृत्वगर्ने एक नर्स अहिले देशको स्वास्थ्यमा नेतृत्व गरेकी छन। उनी हिजो अधिकार खोज्न सडक देखी प्रशासन सम्म धाउनु पर्दथ्यो तर अहिले उनी सेवा सुविधा वृद्धिमा सीमित छैन, समग्र स्वास्थ्य प्रणाली सुधारको लागी आबश्यक निति नियम कानुन बनाउने ठाउमा पुगेकी छन। नेपालको स्वास्थ्य सेवा प्रणाली लामो समयदेखि संरचनागत कमजोरी, स्रोत अभाव र व्यवस्थापनको कमजोरीका कारण चुनौतीपूर्ण अवस्थामा…
सम्झौता अनुसार नर्सहरूलाई तलब दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत कात्तिक १५ गते नर्सहरुसँग भएको सम्झौता कार्यान्यवन नभएको गुनासो आएको भन्दै उक्त सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। मन्त्रालयले सूचना जनारी गर्दा नर्सहरूको तलब सेवा सुविधाको लागि गत कात्तिक १५ गते निजी मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कार्यरत नर्सहरूलाई सम्झौतानुसार पारिश्रमिक नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ । साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक…
महिलामा डिम्बाशय क्यान्सर: सुरुमै थाहा नपाई फैलिने खतरनाक रोग
काठमान्डौ/ महिलाहरूमा हुने क्यान्सरमध्ये खतरनाक मानिन्छ डिम्बाशयको क्यान्सर। प्रायः रोगहरूको लक्षण सुरुमै देखिने भए पनि डिम्बाशयको क्यान्सर थाहै नपाई फैलने हुँदा यसलाई अत्यन्त खतरनाक मानिएको हो। यो क्यान्सरबारे चिकित्सकले पनि सुरुमै थाहा पाउन सक्दैनन्। ‘अरू क्यान्सरजस्तो सुरुमै थाहा पाउन सकिन्न,’ पाटन अस्पतालका अन्कोमेडिकल चिकित्सक डा. अरुण शाहीले भने। यो क्यान्सरको लक्षण पेटको अन्य रोगको लक्षणसँग मिल्दोजुल्दो भएकाले बिरामीले सुरुमा अनुमान पनि गर्न सक्दैनन्। यस्तो अवस्थामा धेरैजसो डिम्बाशयको क्यान्सर तेस्रो या चौथो चरणमा मात्र पत्ता लाग्छ, जतिबेला रोग छिप्पिएर उपचारको प्रभावकारी हुन नसक्ने अवस्था बनिसकेको हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा…
आँखादान प्रवर्द्धनमा सहकार्य: युसीयमयस, लुम्बिनी नेत्रालय र नेपाल आँखा बैंकबीच सम्झौता
स्वास्थ्यसमाचार/ आँखादान सम्बन्धमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीयमयस), लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमाडौंबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता बमोजिम अब कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो स्वेच्छाले आँखाको नानी कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसीयमयस भैरहवामा गर्न सक्नेछन् । ‘आँखादान महादान’ भएकोले यस प्रकारको दानबाट दृष्टिबिहीन व्यक्तिलाई नयाँ जीवन तथा उज्यालो संसार देखाउने एउटा महान कार्य पनि हो । यो कार्य मानिसको मृत्युपछि मात्र गरिने, आँखाको पूरै डल्लो दान नभइ नानी मात्र दान गर्ने प्रक्रिया हो र आँखादान गर्दा…
बुटवल–१६ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन नगर प्रमुखद्धारा उद्घाटन
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा नयाँ आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरी आजबाट सेवा सुरु गरिएको छ। भवन उद्घाटन उपमहानगर प्रमुख खेलराज पाण्डेयले गर्नुभएको छ। नयाँ भवन उद्घाटनको अवसरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। शिविर विशेषगरी ३०–५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान, रोकथाम, तथा उपचारमा केन्द्रित थियो। ख्क्ष्ब् परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो। शिविर नेपाल परिवार नियोजन संघ–बुटवल शाखा, लायन्स क्लब अफ बुटवल, र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो। जोखिममा देखिएका महिलालाई तुरुन्त…
बुटवलमा एकीकृत प्रजनन स्वास्थ्य शिविर, क्यान्सर रोकथाममा थर्मोकोएगुलेसन सेवा
स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिका १६ मा एकीकृत प्रजनन स्वास्थ्य (SRH) शिविर सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान तथा रोकथाममा केन्द्रित उक्त शिविरमा VIA परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो। बुटवल उपमहानगरपालिका को सहकार्य ,नेपाल परिवार नियोजन संघ (FPAN) बुटवल शाखा, तथा लायन्स क्लब अफ बुटवल को सहकार्यमा आयोजना गरिएको शिविर हो। शिविरमा विशेषगरी ३० देखि ५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, रोकथाम, आङ खस्ने समस्याको परीक्षण तथा उपचार लगायत प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको आयोजकले जनाएको…
नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाए गुनासो दिन सांसद खिमाको आग्रह
स्वास्थ्यसमाचार/ रास्वपा बाट निर्वाचित तथा नर्स समेत रहेकी सांसद खिमा बिकले नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाएका स्वास्थ्यकर्मीलाई गुनासो दर्ता गर्न आग्रह गर्नु भएको छ । सांसद बिकले एक सूचना जारी गर्दै विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आन्दोलनपछिको सहमति अनुसार पारिश्रमिक नपाएको अवस्था भए सम्बन्धित विवरण उपलब्ध गराउन अनुरोध गर्नु भएको हो । उहाँले अस्पतालको नाम र स्थान उल्लेख गरी आफ्नो व्हाट्सएप नम्बर 9847884630 मा एसएमएसमार्फत जानकारी दिन आग्रह गर्नु भएको छ । सांसद बिकका अनुसार, बोन्डिङमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि यदि सेवा सुविधा नपाएको भए त्यसबारे जानकारी गराउन सक्नेछन्। प्राप्त विवरणका आधारमा…
लुम्बिनीका स्वास्थ्य संस्थामा वैशाख १ देखि GIOMS अनिवार्य लागू हुने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले प्रदेशभरका स्वास्थ्य संस्थाहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) लागू गर्ने निर्णय गरेको छ। निर्देशनालयले जारी गरेको पत्रअनुसार प्रदेशका १४ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालय तथा आयुर्वेद चिकित्सालय/स्वास्थ्य केन्द्रहरूमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वैशाख १ गतेदेखि यो प्रणाली अनिवार्य रूपमा लागू गरिने भएको हो। यस प्रणालीमार्फत दैनिक सेवा प्रवाहलाई सरल, छिटोछरितो, पारदर्शी तथा कागजी प्रक्रिया घटाउँदै डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। साथै अभिलेख सुरक्षित, व्यवस्थित र सहज रूपमा व्यवस्थापन गर्न GIOMS प्रणाली उपयोगी हुने विश्वास गरिएको छ। स्वास्थ्य…

