लुम्बिनीका एम्बुलेन्स चालकलाई लागि ‘प्रि हस्पिटल केयर तालिम’

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न मद्दत पु¥याउँने उदस्यले लुम्बिनीका १६ जना एम्बुलेन्स चालकका लागि प्रि हस्पिटल केयर तालिम दिइएको छ ।स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा यहि चैत्र २४ गते देखी २७ गते सम्म तालिम सञ्चालन गरिएको हो । तालिममा लुम्बिनी प्रदेश रुपन्देही पाल्पा गुल्मी अर्घाखाँची दाड लगायका जिल्लाका १६ जना सहभागिता थियो ।तालिम संयोजक शितल भण्डारीका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम मापदण्डमा आधारित भई सञ्चालन गरिएको हो । तालिम प्राप्त चालकले मात्रै एम्बुलेन्स चलाउन पाउने नियम छ । स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत कृष्ण पराजुलीले तालिममा ‘बिरामीलाई अस्पताल पु¥गाउनु…

बुटवल मेडिकल कलेजलाई सामुदायिक वनको ५० बिघा जग्गा उपलब्ध

स्वास्थ्यसमाचार/जग्गा प्राप्तिमा ढिलाइ र बजेट अनिश्चितताका कारण ६ वर्षसम्म रोकिएको बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने आशा पलाएको छ । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेपछि अब निर्माणको काम अघि बढ्ने आशा पलाएको हो । समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकार का लागि सामुदायिक वनको सिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभा आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव…

नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको छः स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमााचार/रुपन्देही लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर शारुले पछिल्लो समयमा नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको बताउनु भयो । सेवा संगै सचेतनाका कार्यक्रम भएकोले आयुर्वेद तर्फ मानिसहरुको बिश्वास बढदै गएको बताउनु भयो । उहाले लुम्बिनी आयुर्वेद चिकित्सालयको न्युनतम सेवा मापदन्ड ((एमएसएस) ) समापन कार्यक्रममा यस्तो उक्त कुरा बताउनु भएको हो । मन्त्री सारुले चिकित्सालयमा उपचारमा आएका बिरामीहरुलाई सेवामा बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । मन्त्रालयले आवश्यकता अनुसार उपकरण भबन तथा ब्यबस्थापनका कुराहरुलाई प्रथामिकताका आधारमा थप गर्दे जाने बताउनु भयो । अस्पतालमा उपलब्ध श्रोत र साधनले बिरामीलाई मुस्कान सहितको सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह…

बुटवल हस्पिटल प्रालिद्वारा रक्तदान ६४ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लीले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरू,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाई कर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टिनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका…

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ। बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डको स्थितीका सम्बन्धमा श्वेतपत्र जारी गरेको हो। बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन्। जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन्। श्वतेपत्रमा आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको विषय पनि रहेको छ। श्वेतपत्रमा स्वास्थ्य बीमाको फैलावट ७७ जिल्लाको ७४९ स्थानीय तहमा विस्तार भएको, कुल ८९ लाख ५२ हजार १३५ जना बिमितमध्ये ५७ लाख ५३ हजार…

शुद्धोदनमा अपाङ्गता भएका व्यक्तिको लागि सहायक समाग्री वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोदन गाउँपालिकामा समावेशी तथा दिगो भविष्यको पूर्वधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम सम्पन्न भएको छ। शुद्धोदन अपाङ्ग संघ शुद्धोदन-४ को आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यालय मानपकडीको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम गरिएको थियोे। उक्त समाग्री वितरण एवम् घर दैलो कार्यक्रममा शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा वडाका सातै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको घर घरमै पुगेर…

‘लागू औषध दुर्व्यसन नियन्त्रणमा ल्याउन सबैको साथ जरुरी’

स्वास्थ्यसमाचार/ मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने लागुपदार्थ दुव्यर्सन नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषध विरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा आइतबार बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताए। उनले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुर्व्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाँचो औल्याए। उनले लागूऔषधको…

बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुखद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए। उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्।   उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा…

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पताल बीच सहकार्यको लागि छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौं बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले वताए । सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले विहिबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ । संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको…

अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन…