बुटवलमा एकीकृत प्रजनन स्वास्थ्य शिविर, क्यान्सर रोकथाममा थर्मोकोएगुलेसन सेवा

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिका १६ मा एकीकृत प्रजनन स्वास्थ्य (SRH) शिविर सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान तथा रोकथाममा केन्द्रित उक्त शिविरमा VIA परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो।

बुटवल उपमहानगरपालिका को सहकार्य ,नेपाल परिवार नियोजन संघ (FPAN) बुटवल शाखा, तथा लायन्स क्लब अफ बुटवल को सहकार्यमा आयोजना गरिएको शिविर हो।

शिविरमा विशेषगरी ३० देखि ५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, रोकथाम, आङ खस्ने समस्याको परीक्षण तथा उपचार लगायत प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूले VIA परीक्षणबाट जोखिममा देखिएका महिलालाई थर्मोकोएगुलेसन प्रविधिबाट तत्काल उपचार सेवा दिएका थिए।  शिबिरमा ५५ जनाको परिक्षण भएको र ७ जनालाइ अत्याधुनिक प्रविधिबाट Thermocogulate उपचार भएको थियो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम वडा नम्बर १६ का अध्यक्ष कृष्ण पौडेल को अध्यक्षतामा नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता तथा उपप्रमुख सावित्रा देवी अर्याल, नगर प्रवक्ता शिव राना को बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेय ले नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु हुनु बुटवलवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

उहाँले यस्ता लक्षित स्वास्थ्य शिविरहरूले महिलाहरूमा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना बढाउनुका साथै पाठेघरको मुखको क्यान्सरजस्ता गम्भीर रोगको समयमै पहिचान र रोकथाममा सहयोग पुग्ने उल्लेख गर्नुभयो। आगामी दिनमा पनि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य शाखा उप निर्देशक  युवराज पाण्डेय ले एकीकृत प्रजनन स्वास्थ्य शिविरले समुदायस्तरमा महिलाहरूको स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।उहाँका अनुसार VIA परीक्षणमार्फत क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न सहज भएको र आवश्यक परेकालाई थर्मोकोएगुलेसन प्रविधिबाट तुरुन्त उपचार प्रदान गरिएको जानकारी दिनुभयो।

यस्ता कार्यक्रमले रोगको समयमै पहिचान, उपचार तथा सचेतना अभिवृद्धिमा टेवा पुग्ने भएकाले आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :