स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै सचिव देवकोटाले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताउनुभएको हो। यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’ प्रति ऐक्यबद्धता जनाउँदै उहाँले पाँच वटा मुख्य आधारहरू अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पर्यटन मन्त्रालयको निर्देशन: विमानस्थलमा स्वास्थ्यमैत्री सेवा, स्तनपान कक्ष र निःशुल्क स्यानिटरी प्याड अनिवार्य
स्वास्थ्यसमाचार/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा स्वास्थ्यसम्बन्धी सेवा र सुविधाहरू अनिवार्य रूपमा व्यवस्था गर्न निर्देशन दिएको छ। यात्रुहरूको सुविधा, स्वास्थ्य सुरक्षा तथा मर्यादित सेवा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यस्तो निर्णय गरेको हो। निर्देशनअनुसार विमानस्थलहरूमा स्तनपान गराउने आमाहरूका लागि सफा, सुरक्षित र गोपनीयता सुनिश्चित गरिएको स्तनपान तथा बेबी-चेन्जिङ कक्ष सञ्चालन गर्नुपर्नेछ। यसअघि रहेका कक्षहरूलाई समेत आवश्यकतानुसार स्तरोन्नति गर्न भनिएको छ। त्यसैगरी, बिरामी, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका यात्रुहरूको सहजताका लागि प्राथमिक हेरचाह कक्ष अनिवार्य रूपमा व्यवस्था गर्नुपर्नेछ। यस्तो कक्षले आकस्मिक स्वास्थ्य समस्या…
‘हेल्थ एट होम’ सेवाको वरिष्ठ चिकित्सक डा. नन्दु पाठकद्वारा उद्घाटन
स्वास्थ्यसमाचार/ रुपन्देहीमा स्वास्थ्य सेवामा नयाँ अभ्यासका रूपमा सुरु गरिएको ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) कार्यक्रम वरिष्ठ चिकित्सक डा. नन्दु पाठकले रिबन काटेर उद्घाटन गर्नुभएको छ। उहाँले यो सेवा बिरामीमैत्री अवधारणामा आधारित रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ र आवश्यक कदम भएको बताउनुभयो। उद्घाटन कार्यक्रममा बोल्दै डा. पाठकले घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने यो पहलले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अस्पतालसम्म पुग्न कठिनाइ हुने बिरामीहरूलाई ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले आर्थिक रूपमा सक्षम भए पनि घरमै सेवा लिन चाहने नागरिकका लागि पनि यो सेवा उपयोगी हुने बताउनुभयो। करिब…
रुपन्देहीमा ‘हेल्थ एट होम’ सेवा सुरु, अब घरदैलोमै स्वास्थ्य सुविधा
रुपन्देहीमा स्वास्थ्य सेवामा नयाँ अभ्यासको रूपमा ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) सुरु गरिएको छ। करिब ७० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस सेवाले बिरामीलाई अस्पताल धाउनुपर्ने बाध्यता घटाउँदै घरमै सहज, छिटो र गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको छ। सेवाका एमडी निरञ्जन पोखरेलका अनुसार नेपालमा यस प्रकारको व्यवस्थित र समग्र ‘होम हेल्थ केयर’ सेवा पहिलो पटक सुरु गरिएको हो। उनले विकसित देशहरूमा यस्ता सेवाहरू पहिले नै लोकप्रिय रहेको उल्लेख गर्दै नेपालमा पनि यसको आवश्यकता बढ्दै गएको बताए। “व्यस्त जीवनशैली, ज्येष्ठ नागरिकको बढ्दो संख्या र दीर्घरोगी बिरामीहरूको सुविधालाई ध्यानमा राखेर…
अस्पतालमा आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरूले देशभरका अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनेको छ । सरकारले शनिबार र आइतबार सातामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेसँगै मन्त्रालयले विज्ञप्तिमार्फत् निर्देशन जारी गरेको हो । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबारको हकमा कामको भार र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्न भनिएको छ । कर्मचारीलाई शनिबारबाहेक सातामा अर्को एक गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्नुपर्ने छ ।प्रादेशिक अस्पतालहरूमा पनि यो व्यवस्था…
बीमा बोर्ड काण्ड: स्वास्थ्य मन्त्री मेहतालाई चेतावनी, श्रम मन्त्री आउट
स्वास्थ्यसमाचार/ प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस अनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्। रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री…
औषधी मूल्य विवादपछि महानिर्देशक ढकाल तानिए मन्त्रालयमा
स्वास्थ्यसमाचार/ औषधीको मूल्यवृद्धि सम्बन्धी विवाद चुलिँदै जाँदा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।विभागीय कामकारबाहीमाथि प्रश्न उठेपछि मन्त्री मेहताले आवश्यक छानबिनका लागि ढकाललाई मन्त्रालय तानिएको हो। यसअघि प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरी औषधीको मूल्य बढाएको आरोप लगाउनुभएको थियो। उहाँले बजारमा औषधीको अस्वाभाविक मूल्यवृद्धि भएको उल्लेख गर्दै यसको जिम्मेवारी विभाग नेतृत्वले लिनुपर्ने बताउनुभयो।सांसद खत्रीको आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि…
लुम्बिनी प्रादेशिक अस्पतालमा पनि लागू हुने दुई दिने साप्ताहिक बिदा
स्वास्थ्यसमाचार / नेपाल सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। जारी गरिएको निर्णयअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय कायम रहनेछ। सोहीअनुसार अस्पतालहरूले पनि आफ्नो सेवा समय समायोजन गर्ने निर्णय गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालका विभिन्न विभाग तथा वार्डहरूमा २४ घण्टा सेवा दिने कर्मचारीहरूको ड्युटी भने यथावत रहनेछ। साथै, बिदाको दिन…
अनमीमाथि आक्रमण: स्वास्थ्य इञ्चार्ज पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
कैलाली, २५ चैत । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहार विरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ। आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्ट माथि कुटपिट गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार धनगढी १ अदालत रोड क्षेत्रमा लुहारले भट्टमाथि आक्रमण गर्नुभएको थियो। उक्त घटनामा भट्टको टाउको र हातमा चोट लागेको बताइएको छ। पीडित भट्टले लुहारले इट्टाले प्रहार गर्दै आफूलाई गम्भीर रूपमा कुटपिट गरेको बताउनुभयो। उहाँका अनुसार घटनापछि तत्कालै उपचार गराइएको थियो। घटनालगत्तै पक्राउ परेका लुहार हाल कैलाली प्रहरीको हिरासतमा रहेको प्रहरीले जनाएको…
प्रसूति पश्चातको स्याहारको महत्व र आवश्यकता किन ?
कुनै पनि आमाले आफ्नो गर्भको अवधि पूरा गरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखि सन्तान उत्पादनमा संलग्न रहेका सम्पूर्ण अंगहरू गर्भवती पूर्वको अवस्थामा फर्किन सुरु गर्ने समयलाई सुत्केरी अवस्था वा पोस्टनेटल पिरियड भनिन्छ। सामान्यतया सुत्केरी अवस्था ६ हप्ता अर्थात् ४२ दिनको मानिन्छ। तर सम्पूर्ण अंगहरू पहिलेको अवस्थामा फर्किन तीन महिना लाग्ने भएकाले यसलाई गर्भावस्थाको चौथो अवस्था वा फोर्थ ट्राइमेस्टर पनि भनिन्छ। यस समयमा गरिने आमा र बच्चा दुवैको शारीरिक परीक्षण, उनीहरूलाई गरिने स्याहार–सुसार तथा सम्पूर्ण सल्लाहलाई प्रसूति पश्चातको स्याहार (पोस्टनेटल केयर) भनिन्छ। प्रसूति पश्चातको स्याहारलाई विशेष गरी एउटा प्रोटोकलका…


